काठमाडौँ । ककपिटमा झगडा गर्ने एयर फ्रान्सका दुई पाइलट निलम्बित भएका छन् । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फष्ट अफिसरबीच मुक्का हानाहान भएको हो ।
Advertisement
होहल्लापछि उडान दलका अन्य सदस्यहरूले हस्तक्षेप गरेका थिए । विमान सुरक्षित ढंगल अवतरण नहुञ्जे उडान दलका एक सदस्य ककपिटमै बसेका थिए ।
तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको उक्त एयरलाइनले जनाएको छ । उक्त घटनाबारे फ्रान्सको वायु अनुसन्धान निकायले अध्ययनपछि एक रिपोर्ट प्रकाशित गरेको थियो ।