काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले भेट गरेका छन् । शनिबार शीतल निवास पुगेका लोसपाका नेताहरूले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराए ।
Advertisement
‘कुनै बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुन्न,’ नेताहरूले भेटमा भने । राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत पुगेका थिए ।
प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले जारी गरिसकेको भन्दै उनीहरूले धेरै चिन्ता गर्न नपर्ने बताए ।