काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साता बन्द भएको छ ।
Advertisement
आजदेखि आगामी १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेकाले एमालेले प्रतिनिधिसभा बैठक बन्द गर्न आग्रह गरेको थियो ।
एमालेको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक आगामी १३ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् । आज एमालेको स्थायी कमिटी बैठक बस्दै छ ।
यसैगरी ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बस्ने भएको छ ।