काठमाडौँ । पहलगाममा तिब्बती सीमा प्रहरीलाई लिएर फर्किएको बस खसेको छ । भारतीय सञ्चार माध्यमका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो ।
Advertisement
बसमा ३९ जना प्रहरी सवार थिए । उनीहरू अमरनाथ यात्रा गरेर फर्किंदै थिए । रिपोर्टका अनुसार दुर्घटनामा सात सैनिकको मृत्यु भएको छ ।
बसमा सवार ३७ जना इन्डो–तिब्बत सीमा प्रहरी बलका र बाँकी २ जना जम्मु कश्मिर प्रहरीका थिए । सैनिकहरू लिएर फर्किएको बस अमरनाथ यात्राको शुरुवात बिन्दु चन्दनवाडीबाट फर्किरहेको थियो ।
बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । स्थानीयद्वारा घाइते प्रहरीको उद्धार कार्य भइरहेको छ ।