काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका हुन् ।
Advertisement
उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । उनको मृत्युको कारण खुल्न सकेको छैन । तर, आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
क्रुसियानीलाई न्युयोर्क शहर, फिलाडेल्फिया र न्यु जर्सीका विभिन्न कार्यालयमा आफ्ना बिरामीहरूलाई दुर्व्यवहार गरेको संघीय आरोपमा जनवरीमा मुद्दा चलाउने तयारी थियो । उसलाई अर्को महिना न्युयोर्क राज्यको मुद्दामा पनि सजाय सुनाइने भएको छ ।
६ जना महिलाको उजुरीपछि भएको सुनुवाइमा उनीमाथि यौन दुर्व्यवहार, बलात्कार र अन्य अपराधहरूमा जुलाई १२ मा दोषी ठहरिएको थियो ।