काठमाडौँ । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । जापानमा एकै दिन दुई लाख ५० हजार ४०३ जनामा कोरोना पुष्टि भएको छ ।
Advertisement
जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यति धेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए ।
यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप तीव्र गतिमा फैलिएको छ । उक्त प्रजाति अन्य प्रजातिका तुलनामा तीव्र गतिमा फैलिने प्रकृतिको रहेको अधिकारीहरूले जनाएका छन् ।
यस्तै, एकैदिन दुई सय ५१ जनाको मृत्यु भएको छ । जापानमा पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ ।