काठमाडौँ । पाँच दिने जापान भ्रमणमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आणविक बम खसालिएको हिरोसिमा शहरमा रहेको सङ्ग्रहालय अवलोकन गरेका छन् ।
Advertisement

प्रचण्डले शुक्रबार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
