काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा गोलकिपर किरण चेम्जोङ इन्गेजमेण्ट गरेका छन् । उनले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गर्दै औंठी लगाइदिएका हुन् ।
Advertisement
उनले सोमबार माल्दिभ्समा प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । उनले प्रेमिकालाई औंठी लगाइदिएको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै किरण उत्कृष्ट गोलकिपर घोषित भएका थिए । प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेसँगै खुसीयालीमा उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरी औंठी लगाइदिएका हुन् । उनीहरू लामो समयदेखि प्रेममा रहेका थिए ।