काठमाडौं-
Advertisement
गायिका बानिका प्रधान र गायक सजल न्यौपानेको स्वरमा ‘ननिदाई ननिदाई’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
मनिष वशिष्ठको प्रस्तुती रहेको गीतको संगीत संयोजन (म्युजिक प्रोडक्सन, मिक्सिङ र मास्टरिङ) सुमित विश्वकर्माले गरेका छन्। म्युजिक भिडियोमा साक्षी लम्साल, सजल न्यौपाने र बानिका प्रधान फिचर्ड छन्। म्युजिक भिडियोको निर्देशन सजल न्यौपानेले गरेका हुन्।

यो रोमान्टिक प्रकृतिको गीत हो, जसका रचनाकार मनिष वशिष्ठ हुन् ।
सजल न्यौपानेको संगीत रहेको गीत साउन्डमिल रेकर्डिस्टमा रेकर्ड भएको हो भने रेकर्डिस्ट फुर्बा तामाङ छन्। भिडियो कन्सेप्ट र थिम नेपभिजनको हो। एमबी क्रिएसनको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको छ।