काठमाडौँ । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले पद तथा गोपनीयताको सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका उनले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा आज सपथ लिएका हुन् ।
Advertisement
नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीश जयन्थ जयसूर्याले सपथ गराएका थिए । सपथमा श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारी सहभागी थिए ।
देशको आर्थिक संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार बनाउने प्रयास भइरहेको समाचारमा जनाइएको छ । देशमा आर्थिक संकट उत्पन्न भएसँगै गोटाबाय राजापाक्षेले विदेश पुगेर राजीनामा दिएका थिए ।
यसअघि श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरूसहित देशको उच्च तहमा राजापाक्षेको परिवारको हालीमुहाली हुँदै आएको थियो । अहिले राजापाक्षे युगको अन्त्य भएको संकेत भएको छ ।