काठमाडौँ । दिल्लीको जहांगीरपुरीमा एक बालिकाले जावेद नामका एक व्यक्तिलाई दिउँसो गोली हानेकी छन् । बालिका साथमा उनका तीन साथी पनि थिए ।
घटना शुक्रबार साँझ ५ बजेतिर भएको हो । समाचारमा जनाइएअनुसार सात महिनाअघि जावेदले बालिकाका बुवालाई कुटपिट गरेका थिए । बालिकाले बदला लिन यो घटना गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
जावेदलाई गोली लाग्यो
सीसीटीभी फुटेजमा जावेद सडकको छेउमा रहेको पसलको अगाडि बसिरहेको देख्न सकिन्छ । जब चार बालबालिका त्यहाँ पुग्छन् ।एउटा बच्चाले अगाडि बढेर जावेदलाई गोली हान्छ ।
केही समयपछि चारै बालबालिका भाग्छन् । भिडियोमा यो पनि देख्न सकिन्छ कि गोली लागेपछि पनि जावेद आफ्नो ठाउँबाट हट्दैनन् । उनलाई छुँदा गोली निस्केको अनुमान गरिएको छ ।
बच्चाहरू सबै पक्राउ
प्रहरीले घटनाको जानकारी पाएसम्म चारै आरोपी घटना स्थलबाट फरार भइसकेका थिए । तर, प्रहरीले केही समयमै सबै अभियुक्तलाई पक्राउ गरी धारा ३०७ अन्तर्गत मुद्दा दर्ता गरेको थियो । अहिले घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
सोही क्रममा जावेदले सोधपुछका क्रममा आफू आफ्नो इलाकाको एच ३ ब्लक नजिक रहेको बताए । त्यही क्रममा उनलाई चिनेका तीन जना केटा त्यहाँ आए र एक जनाले उनीमाथि गोली प्रहार गरे । एजेन्सी