काठमाडौँ । मेक्सिकोको एक विद्यालयमा १४ वर्षीय विद्यार्थीलाई जिउँदै जलाइएको छ । उनका दुई साथीहरूले कक्षा कोठामै जिउँदै जलाएको हुन् ।
मृतक विद्यार्थीले मातृभाषामा बोलेको भन्दै दुवै विद्यार्थीले आफ्नै साथीलाई जिउँदै जलाएका थिए ।
अधिकारीका अनुसार यो घटना जुनमा भएको थियो । जलेर गम्भीर घाइते भएका विद्यार्थी जुआन जामोरानोलाई अहिले अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
जामोरानोको परिवारले दुई विद्यार्थीले कक्षा कोठामै उनको सिटमा रक्सी खन्याएको बताए । जब उनी आफ्नो सिटमा बसे, उनको प्यान्ट भिजेको थियो । जामोरानो आफ्नो सिटबाट उठ्ने बित्तिकै दुई विद्यार्थीले उनलाई आगो लगाएको समाचारमा जनाइएको छ ।
विद्यालयका शिक्षकले पनि उनलाई दुव्र्यवहार गरेका थिए । उनीहरु सोच्छन् कि हामी उनीहरुको हैसियत र जातका होइनौँ । अहिले परिवारले विद्यालय प्रशासन र जामोरानो जलाउने विद्यार्थीविरुद्ध मुद्दा दायर गरेको छ ।