काठमाडौँ । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि हुने भएको छ । मंगलबार राजधानी टोकियोको एक बौद्ध धर्मअनुसार मन्दिरमा कडा सुरक्षाका बीच अन्त्येष्टि गरिने भएको हो ।
Advertisement
शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा गोली हानी उनको हत्या भएको थियो । सोमबार, शिन्जो आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा राखेका थिए । उक्त सभामा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेट येल्यान्ण्समेत उपस्थित भएका थिए ।
प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामी हो । उनी नारा शहरका बासिन्दा हुन् ।