काठमाडौँ । अष्ट्रेलियाको ब्रिस्बेनका लागि दुबईको हवाई जहाज कम्पनी एमिरेट्सको एयर बस ए ३८० मा गम्भीर क्षति भएको छ । जहाज अवतरणपछि यात्रुहरूले जहाजमा ठूलो प्वाल परेको देखेपछि स्तब्ध भएका थिए ।
Advertisement
करिब १४ घण्टाको उडानपछि जहाज अवतरण भएको थियो । जहाज अवतरणपछि यात्रुहरूले जहाजमा भएको क्षतिका बारेमा आफ्नो सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गरेका थिए । यात्राको क्रममा ‘प्राविधिक गडबडी’का कारणले घटना भाएको एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सले विमान अष्ट्रेलियामा सुरक्षित अवतरण हुँदा यात्रुहरू निर्धारित समयअनुसार नै अवतरण भएको पुष्टि गरेको छ । वाइड बडी एयरलाइनरको बाहिरी भागमा भएको क्षतिपछि मर्मत गरिएको छ । एजेन्सी