काठमाडौँ । श्रीलंकामा एक दिनलाई मात्रै पुग्ने इन्धन बाँकी रहेको छ । ऊर्जा मन्त्रीले यस्तो जानकारी दिएका हुन् ।
Advertisement
राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लाइन लामो रहेको छ । यस्तै, तेल अभावले सार्वजनिक यातायात ठप्प हुन पुगेको छ ।
ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोल मात्रै भण्डार रहेको जानकारी दिएका हुन् । त्यो जम्मा एक दिनलाई मात्रै पुग्ने उनले बताए ।
टाट पल्टिएको घोषणा गरिएको श्रीलंकाले आपत कालीन अवस्थाबाहेक सबै इन्धन बिक्रीमा दुई हप्ता बन्द गर्ने भएको छ ।