काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा घटाउने तयारी गरेको छ । आज बिहान बसेको सत्ता गठबन्धन दलको बैठकपछि सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने भएको हो ।
Advertisement
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको हो । आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने निगमले जनाएको छ ।
यससम्बन्धी जानकारी दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।