• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

चुनाव लड्न डा. वाग्लेले छाडे युएनडीपीको जागिर, भावी अर्थमन्त्रीका रुपमा हेर्दै गोर्खाली


सोमबार, असार ०६, २०७९ मा प्रकाशित

काठमाडौँ । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेस गोरखाका स्थानीय नेता कार्यकर्ताले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गरेका छन् ।

Advertisement

वाग्लेले प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर ५ वा चितवन क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको हल्लाबीच गोरखा कांग्रेसका स्थानीय नेताहरूले जन्मथलोबाटै चुनाव लड्न आग्रह गरेका हुन् ।

उनीहरूले गोरखामा बाबुराम भट्टराईपछि राज्यको नेतृत्वमा पुग्न सक्ने नेता नभएको भन्दै वाग्लेलाई भावी अर्थमन्त्री बनेर बूढीगण्डकी आयोजना अगाडि बढाउन सुझावसमेत दिएका छन् ।

गण्डकी गाउँपालिका नेपाली कांग्रेसका सभापति होमबहादुर राना मगरले वाग्लेलाई गोरखाबाट चुनाव लडेर अर्थमन्त्री बन्न सुझाव दिएका छन् । ‘गोरखामा नेतृत्वको अभाव रहेको छ, उहाँ गोरखाबाटै चुनाव लडेर गोरखा निर्माणमा लाग्नु पर्छ,’ राना मगरले भने ।

प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न व्यक्तिले उम्मेदवारी घोषणा गरिरहेका बेला अर्थशास्त्री वाग्लेलाई कांग्रेस नेताहरूले काठमाडौं क्षेत्र नम्बर ५ वा चितवन क्षेत्र नम्बर १ बाट चुनाव उठ्न सुझाव दिएका छन् । तर, गोरखा क्षेत्र नम्बर १ को पार्टी मात्रै होइन जनतासमेत वाग्लेलाई गोरखाको नेता भएको हेर्न चाहान्छन् ।

‘हामी गोरखा क्षेत्र नम्बर १ को विकास हेर्न चाहान्छौँ, वाग्ले गोरखाबाटै चुनाव लड्नु पर्छ,’ सहिद लखन गाँउपालिकाका पार्टी सभापति काशी अम्गाँइले भने । वाग्ले गोरखा आउँदा कांग्रेसले मात्रै होइन माओवादी एमालेलगायत पार्टीले समेत समर्थन गर्ने दाबी सभापति अम्गाँइले गरे ।

मिति घोषणा भइनसकेको भए पनि मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको तयारी छ । निर्वाचन लड्ने तयारीका लागि वाग्लेले युएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिइसकेका छन् । उनी आगामी अगस्टमा नेपाल फर्किंदै छन् ।

अमेरिकाको न्युयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्ने गरी गत असारमा नियुक्त भएका वाग्ले कांग्रेस शीर्ष नेताहरूसँग परामर्श गरेर अमेरिका गएका थिए । स्थानीय तहको निर्वाचनका क्रममा समेत उनले एक महिना लामो बिदा लिएर सक्रियता देखाएका थिए ।

स्थानीय तहको निर्वाचनमा समेत गोरखाबाटै सकिक्रयता र सहयोग गरेकाले वाग्ले गोरखाबाटै चुनाव लड्ने विश्वास रहेको कांग्रेस गोरखाकी युवा नेतृ जानुका पन्त बताइन् । महासमिति सदस्य तथा गण्डकी प्रदेश समस्यसमेत रहेकी पन्तले वाग्ले गोरखाले चाहेको र रोजेको समेत बताइन । ‘उहाँ गोरखाबाट चुनाव लड्दा सबै जनताको साथ हुनेछ,’ पन्तले भनिन्।

अहिले काठमाडौँ ५ वा चितवन १ बाट निर्वाचन लड्न चर्चाले गोरखा कांग्रेस कार्यकर्ता दुखिद भएको गोरखाका जिल्ला सदस्य विश्वदिप श्रेष्ठ बताउँछन् । ‘उहाँ गोरखाबाटै चुनाव लड्दा राम्रो हुन्छ,’ उनले भने ।

पार्टीको जिल्ला संरचनासँग मिलेर काम गरिरहेका कांग्रेस नेताहरूले गोरखा नै वग्लेका लागि उपयुक्त हुने धार्चे गाँउपलिका सभापति सन्तोष गुरुङ बताउँछन्। ‘नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय व्यक्तित्व वाग्ले भएकाले गोरखा स्वागत गर्न अतुर छ,’ गुरुङले भने ।

भिमसेन गाउँपालिका तथा जिल्ला स्तरीय नेता तारा पुडासैनी पनि वाग्ले गोरखाबाटै चुनाव लड्न उपयुक्त हुने सुझाव दिन्छन् । ‘उहाँलाई हाम्रो पूर्ण सहयोग र समर्थन छ, गोरखाबाटै चुनाव लड्न आउनुहोस,’ पुडासैनीले भने ।

विगतमा योजना आयोगका उपाध्यक्ष हुँदा वाग्लेको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा आधारमा बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी प्रस्ताव तयार पारिएको थियो । अहिले सोही प्रस्तावको वरपर रहेर बूढीगण्डकी आयोजना निर्माणको लागि तयारी गरिएको छ ।

बूढीगण्डकी आयोजना बनाउनकै लागि गोरखाले एकपटक वाग्ले चाहेको सहिद लखन गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष दिलिप थापामगर बताउँछन् । अधिकांश वडा सभापति तथा गाउँपालिका सभापतिले वाग्लेलाई गोरखामा चुनाव लड्न आग्रह गर्दै आएका छन् ।

  • चुनाव
सोमबार, असार ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

  • २.
    फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • ५.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ८.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.