काबुल- तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान चरम आर्थिक संकटबाट गुज्रिरहेको छ।
आर्थिक संकट यतिसम्म गहिरिएको छ कि एक पत्रकारले पत्रकारिता छाडेर सडकमा फुटपाथ व्यवसाय शुरु गरेका छन्। अफगानी पत्रकार मुसा मोहम्मदीले सञ्चार गृहबाट तलब पाउन छाडेपछि प्राण बचाउने उपायस्वरूप सडकमा बसेर सामान बिक्री गर्न थालेका हुन्।
मोहम्मदी वर्षौंदेखि सञ्चारकर्ममा थिए। तर, देशमा आर्थिक संकट गहिरिँदा उनी सडकमा पुगेका छन्। उनी विभिन्न अफगानी टेलिभिजनमा एंकर र रिपोर्टरको भूमिकामा थिए। तर, अब उनीसँग परिवारलाई बचाउने आम्दानीको स्रोत बन्द भयो। र, स्ट्रिट फुड बेच्न बाध्य भएका छन्।
सामाजिक सञ्जालमा उनी सडकमा पुगेको तस्बिर र भिडियो भाइरल बनेका छन्। उनको दयनिय अवस्था देखेका राष्ट्रिय रेडियो र टेलिभिजनका महानिर्देशक अहमदउल्लाह वासिकले आफ्नो विभागमा नियुक्ति दिलाउने पनि बताएका छन्।