बेलायती प्रधानमन्त्री बोरिस जोनसन अचानक युक्रेन पुगेका छन्। त्यहाँ पुगेर उनले युक्रेनी सेनालाई तालिम दिइने घोषणा गरेका छन्।
Advertisement
त्यस कदमबाट युक्रेन र रुसबीचको लडाइँको समीकरण बदलिन सक्ने उनको आकलन छ। उनी शुक्रबार अचानक युक्रेनको राजधानी किभमा देखिएका थिए। गत २३ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण थालेयता यो जोनसनको दोस्रो युक्रेन भ्रमण हो।
किभमा जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। बेलायती रक्षामन्त्री बेलन वालेसले प्रधानमन्त्री जोनसनको किभ भ्रमणलाई महत्त्वपूर्ण बताएका छन्।
जोनसनको किभ भ्रमण पूर्वनिर्धारित थिएन। डोनकस्टमा नर्थ इंग्ल्यान्डका केही सांसदलाई सम्बोधन गर्ने कार्यक्रम अन्तिम समयमा रद्द गरेर उनी किभ पुगेका हुन्।