• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

पाँच राज्य हल्लाउने १९ वर्षीय अपराधी : गायक मूसेवालाको हत्यापछि अभिनेता सलमानलाई मार्ने धम्की


    Avatar photo
बिहिबार, असार ०२, २०७९ मा प्रकाशित

काठमाडौँ । भारतको पञ्जाब प्रहरीले पञ्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणमा पुणेका दुई शार्प शुटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धेश हिरामण काम्बले उर्फ ​​सौरभ महाकाल र सन्तोष जाधव रहेका छन् ।

Advertisement

महाकाललाई गत हप्ता पुणेको ग्रामीण प्रहरीले शहरबाट ९० किलोमिटर टाढा अहमदनगर सीमाबाट पक्राउ गरेको थियो । यसै क्रममा जाधवलाई आइतबार गुजरातको कच्छबाट पक्राउ गरिएको हो ।

उनीसँगै नवनाथ सूर्यवंशी नामका एकजना अपराधीसमेत पक्राउ परेका छन् । हाल तीनै जनालाई जुन २० सम्म पुणे प्रहरीको हिरासतमा राखिएको छ ।

पुणे ग्रामीणको स्थानीय अपराध शाखाको टोलीले पक्राउ गरेका सिद्धेश काम्बले पुणेबाट ७० किलोमिटर टाढा रहेको नारायणगाउँ गाउँपालिका १४ नम्बरका बासिन्दा हुन् । आफन्तका अनुसार उनी १७ वर्षको मात्रै भए पनि प्रहरीले उनी वयस्क अर्थात १९ वर्षको भएको दाबी गरेको छ ।

सिद्धेशलाई मकोका (महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट)अन्तर्गत पक्राउ गरिएको हो । उनीमाथि २०२१ भदौ १ गते मञ्चरको एकलहरे फकिरवाडी क्षेत्रमा दिउँसो भएको ओमकार बाँखेले उर्फ ​​रानिया (२४)को हत्यामा संलग्न रहेको आरोप छ ।

सिद्धेशको उमेर सानै भए पनि उसको गतिविधिका कारण धेरै गाउँले डराउने गरेका छन् । उनलाई ५ राज्य प्रहरीले खोजिरहेको थियो । जसमा महाराष्ट्र, पञ्जाब, दिल्ली, राजस्थान र मध्य प्रदेशका प्रहरी टोली सामेल छन् ।

आमाको आत्महत्यापछि बने अपराधी

सिद्धेशकी आमा सुनिताले ७ वर्षअघि घरायसी विवादका कारण पेट्रोल छर्केर आफैलाई आगो लगाएकी थिइन् । सुनिताले घरबाट भागेर हिरामण काम्बलेसँग विवाह गरेकी थिइन् ।

दुवैका सिद्धेशसहित चार सन्तान छन् । उनीहरु अहिले कहाँ छन् भन्ने कसैलाई थाहा छैन । उनीहरुको पनि प्रहरीले खोजी गरिरहेको छ ।

आमाको मृत्यु हुँदा सिद्धेश १२ वर्ष मात्रै भएका थिए । त्योबेला उनी खामुदीको जिल्ला परिषद् प्राथमिक विद्यालयमा कक्षा ७ मा पढ्दै थिए । आमाको मृत्युपछि उनका बुवा दिनभर मादक पदार्थ सेवन गरेर अपराधीसँग बस्न थाले ।

१० वर्षको उमेरमै अपराध

सिद्धेशका आफन्तका अनुसार उनी सानैदेखि अपराधी भएकाले १० वर्षको उमेरमा घरबाट मोबाइल चार्जर चोरेको अवस्थामा पक्राउ परेको बताए । यसपछि उनले गाली गर्दै घरबाट निकालिदिए ।

मूसेवाला हत्याकाण्डभन्दा एक महिनाअघि उनी आमाको गाउँ खामुण्डी आएका थिए । यस क्रममा उनले केही आफन्तहरूसँग भेट गरेका थिए । उनी केही समय गाउँमा बसेपछि कतै गए ।

सिद्धेशको गोलीमा मूसेवालाको हत्या

सिद्धेशको गोली प्रहारबाट सिद्धु मुसेवालाको हत्या भएको थियो । दिल्ली पुलिसका स्पेशल सीपी एचजीएस धालीवालले सिद्धु मुसेवालाको हत्या गरेको जनाएको छ । यस हत्याकाण्डको मास्टरमाइण्ड लरेन्स बिश्नोई रहेको प्रहरीले जनाएको छ ।

उनै विश्रोइले सलमान खानलाई हत्या गर्ने भन्दै पत्र पठाएको समाचार सार्वजनिक भएको थियो ।

  • अपराधी
  • अभिनेता
  • सालमान खान
बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.