• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

किन हलहरूबाट उत्रिँदैछ ‘स्त्री लम्पट राजा’को कथा?


शनिबार, जेठ २८, २०७९ मा प्रकाशित

अभिनेता अक्षय कुमार र मिस वर्ल्डको उपाधि जितेकी मानुषी छिल्लर अभिनित चलचित्र ‘सम्राट पृथ्वीराज’ हालै प्रदर्शनमा आयो। यस चलचित्रले व्यापारमा राम्रो प्रदर्शन गर्न सकेन। जानकारहरूका अनुसार यो चलचित्र बक्स अफिसका हिसाबमा यस वर्षकै फ्लप सावित हुनसक्छ।

Advertisement

एक विशेष वर्गको यस चलचित्रलाई धेरै नै समर्थन मिल्यो। तर पनि, चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन। यसको पछाडि मुख्यतया तीनवटा कारण औँल्याइएको छ।

यो यस वर्षका बलिउड सिनेमामध्ये ठूलो लगानीको चलचित्र थियो। तर, प्रदर्शन अगावै विवादमा घेरिएयो। त्यसको पहिलो कारण मानिएको छ, ‘करणी सेना’ नामक संगठनको माग पूरा गर्दै नाममा सम्राट जोडिनु।

दोस्रो कारण, अक्षय कुमार अभिनित गुट्खाको विज्ञापन थियो। अक्षय कुमार यस चलचित्रमा सम्राट पृथ्वीराजको भूमिकामा छन्। तर, चलचित्र प्रदर्शनअघि उनले गुट्खाको विज्ञापनमा अभिनय गरेको कुराले सामाजिक सञ्‍जालमा चर्को आलोचना खेप्‍नुपर्‍यो।

एक स्त्री लम्पट राजा

दिल्लीका सम्राट पृथ्वीराजले गहदाभला सम्राट जयचन्द्रकी छोरी संयोगिता (संयुक्ता)सँग विवाह गरेका थिए। उनी रानी संयोगिताको प्रेममा यसरी डुबेका थिए कि उनलाई ६ महिनासम्म दरबारमा के भइरहेको छ भन्‍ने सामान्य ज्ञान पनि थिए। उनको ध्यान राज्यभन्दा रानी संयोगितामा बढी थियो। सबै राजपाठ छाडेर उनी रानीसँगै ६ महिना गुप्तवास बसे। भाइभारदार कसैलाई भेटेनन्।

उनको राज्यमा घोर (हाल अफगानिस्तान)का सुल्तान मोहम्मद गौरीले आक्रमण गरिरहन्थे। त्यसअघिका लडाईंमा पृथ्वीराजका सेनाले उनलाई पटक–पटक पराजित गरेका थिए। यसपटक भने राजपाठबाटै ६ महिना गायब भएका पृथ्वीराजलाई मोहम्मद गौरीले पराजित गरे। र, उनलाई कब्जामा लिए। सोही क्रममा आँखामा पट्टी बाँधेर गोहीमाथि निशाना लगाउन लगाए, पृथ्वीराजलाई मोहम्मद गौरीले। तर, पृथ्वीराजका सहयोगी चन्द्रबरदाईले गौरीतिरै तीर सोझ्याउने उपाय सिकाए। पृथ्वीराजको तीरले गौरीको मृत्यु भयो। त्यसपछि उनीहरूमाथि गौरीको सेनाले गर्ने अत्याचारबाट बच्न चन्द्रबरदाईले पृथ्वीराजको शीर काटिदिए। अनि आफैं पनि आत्महत्या गरे। त्यस घटनासँगै भारतमाथि कब्जा जमाउने मोहम्मद गौरीको योजना सधैंका लागि अन्त्य भयो, सम्राट पृथ्वीराजको इहलीला पनि समाप्त भयो।

वीर योद्धाको पहिचान

सम्राट पृथ्वीराज चौहान भारतीय इतिहासमा एक अविस्मरणीय नाम हो। चौहान वंशमा जन्मेका पृथ्वीराज अन्तिम हिन्दु शासक थिए, दिल्लीका। ११ वर्षको उमेरमा उनले बुवाको मृत्युपछि दिल्ली र अजमेयरको शासन सम्हालेका थिए। र, त्यसलाई धेरै फैलाएका थिए। उनको मृत्युपछि कुनै हिन्दु शासकले उनको कमी पूरा गर्न सकेनन्।

पृथ्वीराजलाई राई पिथोरा पनि भनिन्थ्यो। पृथ्वीराज चौहान बाल्यकालदेखि नै दक्ष योद्धा थिए, उनले युद्धका धेरै गुण सिकेका थिए। उनी सानैदेखि शब्दभेदी बाण चलाउन सक्थे।

पृथ्वीराज चौहानको जन्म सन् ११४९ मा भएको थियो। पृथ्वीराज अजमेयरका राजा सोमेश्वर र कपूरी देवीका सन्तान थिए। पृथ्वीको जन्म उनका मातापिताको विवाह भएको १२ वर्षपछि भएको थियो।

पृथ्वीराजका बाल्यकालका साथी चन्द्रबरदाइ उनका लागि भाइभन्दा कम थिएनन्। चन्द्रबरदाइ तोमर वंशका शासक अनंगपालकी छोरीका छोरा थिए। चन्द्रबरदाइले पृथ्वीराज चौहानको सहयोगमा पिथोरागढ निर्माण गरेका थिए, जुन अझै पनि पुरानो किल्लाको नामले दिल्लीमा अवस्थित छ।

पृथ्वीराज चौहान र उनकी रानी संयोगिताको प्रेम भारतको इतिहासमा अविस्मरणीय मानिन्छ। तस्बिर हेरेरै दुवैजना एकअर्काको मायामा डुबेका थिए। तर, संयोगिताका बुवा जयचन्द्रलाई पृथ्वीराजसँग इर्श्या थियो। त्यसैले पृथ्वीराजसँग छोरीको विवाहबारे उनले सोच्ने कुरै भएन।

जयचन्द्र पृथ्वीराजलाई अपमानित गर्ने मौका खोजिरहन्थे। उनले यो अवसर आफ्नी छोरीको स्वयंवरमा पाए। राजा जयचन्द्रले छोरी संयोगिताको स्वयंवर आयोजना गरे, जसमा उनले पृथ्वीराजबाहेक भारतभरका राजाहरूलाई निमन्त्रणा दिए। पृथ्वीराजलाई अपमानित गर्न द्वारपालको रूपमा पृथ्वीराजको मूर्ति राखे।

तर, उक्त स्वयंवरमा पृथ्वीराजले संयोगिताको चाहनामा सबैको अगाडिबाट उनलाई अपहरण गरेर आफ्नो राज्यमा ल्याए। र, दिल्लीमै दुवैको विवाह भयो। त्यसपछि राजा जयचन्द्र र पृथ्वीराजबीच शत्रुता झन् बढ्यो।

पृथ्वीराजको सेना धेरै विशाल थियो, जसमा तीन लाख सैनिक र ३०० हात्ती थिए। उनको सेना धेरै व्यवस्थित थियो, जसकारण उनले धेरै युद्ध जितेर आफ्नो राज्य विस्तार गरेका थिए। तर अन्त्यमा, दक्ष घोडसवारको अभाव र जयचन्द्रको विश्वासघात अनि अन्य राजपूत राजाहरूको असहयोगका कारण मोहम्मद गौरीसँगको दोस्रो युद्धमा पराजित भएका थिए।

आफ्नी छोरी संयोगिताको अपहरणपछि राजा जयचन्द्रको पृथ्वीराजप्रति तिक्तता बढेको थियो। उनले पृथ्वीराजलाई आफ्नो शत्रु बनाए। उनले अन्य राजपूत राजाहरूलाई पनि पृथ्वीराजविरुद्ध उक्साउन थाले। जब जयचन्द्रले मोहम्मद गौरी र पृथ्वीराजबीचको युद्धको बारेमा थाहा पाए, तब उनी मुहम्मद गौरीको साथमा पृथ्वीराजको विरुद्धमा उभिए।

आखिर युद्धमा पृथ्वीराज चौहान एक्लै परे र आफ्ना तीन लाख सैनिकबाट पनि गौरीका सेनाको सामना गर्न सकेनन्। पृथ्वीराजका सेनालाई चारैतिरबाट घेरियो। यस्तो अवस्थामा उनीहरू न त अगाडि बढ्न सके, न त पछाडि हट्न नै। जयचन्द्रका विश्वासघाती सिपाहीहरूले राजपुत सिपाहीहरूलाई मारे र पृथ्वीराज पराजित भए।

युद्धपछि पृथ्वीराज र उनका साथी चन्द्रबरदाईलाई बन्दी बनाइयो। राजा जयचन्द्रले पनि विश्वासघातको फल पाए र उनी पनि युद्धमा पराजयपछि गौरीको कब्जामै छँदा मारिए। उनले गौरीको पनि हत्या गरे र आफ्नै भाइजस्ता सहयोगी चन्द्रबरदाईको हातबाट मारिए। उनी मारिएको खबर सुन्‍नासाथ रानी संयोगिताले पनि जीवन त्यागेको भारतको इतिहासमा वर्णित छ।

शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक
आयुष मगरको ‘कान्छी’ सार्वजनिक ( भिडियो )
‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स ( भिडियो )
गीतकार सुधा मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

भर्खरै

  • १.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • २.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ३.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ४.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ५.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ६.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ७.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ८.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.