काठमाडौँ । प्रतिनिधिसभा बैठकमा (संसद)मा अनलाइन गेम पब्जी बन्द गर्नु पर्ने माग उठेको छ । पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको बताउँदै नेपालमा पब्जी बन्द गर्नु पर्ने माग उठेको हो ।
Advertisement
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नु पर्ने माग राखेकी हुन् । छिमेकी देशमा पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि बन्द गर्नु पर्ने बताइन् ।
पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै यस्तो माग राखेकी हुन् ।