धनुषा । जिल्लामा एक सातादेखि हराइरहेका एक बालकको शव फेला परेको छ । गत १७ देखि हराइरहेका ६ वर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगर २२ स्थित दूधमती नदी छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
Advertisement
जिल्ला प्रहरी कर्यालय धनुषाका अनुसार बालकको शव सडेको अवस्थामा फेला परेको हो । मृत बालकको शवलाई पोष्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।
सर्लाहीको कविलासी नगरपालिका ७ घर भएका घुमन्ते समुदायका बालकको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरमा बस्दै आएका थिए ।