• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नेविसंघका यी नेता, जो पुगे पालिकाको नेतृत्वमा


बुधबार, जेठ १८, २०७९ मा प्रकाशित

नेविसंघलाई कांग्रेस नेताहरूले नेता–कार्यकर्ता उत्पादन गर्ने नर्सरी मान्छन्। अहिले कांग्रेसको शीर्ष तहमा नेविसंघकै राजनीतिबाट उदाएका नेताहरूको बर्चश्व छ। त्यति मात्रै होइन, हालै सम्पन्न पालिका चुनावमा नेविसंघको राजनीतिबाट आएका २४ नेता प्रमुख र उपप्रमुख बनेका छन्, जो भविष्यमा कांग्रेसको राजनीतिमा उदीयमान मानिन्छन्।

Advertisement

तिनैमध्येका हुन्, प्रकाश भण्डारी। उनी सल्यानको शारदा नगरपालिकाको मेयर निर्वाचित भएका छन्। उनले एमाले उम्मेदवारलाई पराजित गरे। भण्डारी नेविसंघका निवर्तमान जिल्ला अध्यक्ष हुन्।

यस्तै, स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराई विजयी भए। कांग्रेस जिल्ला सचिवसमेत रहेका भट्टराईले एमालेका सूर्यप्रसाद गैह्रेलाई पराजित गरे। भट्टराई नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन्।

सोलुखुम्बुको हाकुलुङ गाउँपालिका प्रमुखमा विजयी भएका सूर्यबहादुर कुलुङ नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन्। कुलुङ नेविसंघ क्याम्पस एकाइ सदस्य हुँदै जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनेका थिए।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा विजयी भएका डम्बर हाङ्गाम नेविसंघका ताप्लेजुङका निवर्तमान जिल्ला अध्यक्ष हुन्।

गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा विजयी भएका भगतसिंह खड्का नेविसंघका जिल्ला सचिव थिए। कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनका साझा उम्मेदवार खड्काले एमालेका हीराबहादुर अर्याललाई पराजित गरे।

गुल्मीको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका वेदबहादुर थापा विजयी भए। उनी नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन्। डडेल्धुराकको परशुराम नगरपालिकाको मेयरमा कांग्रेसका भरत बडायर जोशी निर्वाचित भए। उनी पनि नेविसंघबाटै कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन्।

यस्तै, नेविसंघका पूर्वकेन्द्रीय नेता तीर्थराज भट्टराईले खोटाङको दिक्तेल नगरपालिका प्रमुख जिते। नेविसंघका पूर्वमहामन्त्री आनन्दराज त्रिपाठी तनहुँको भानु नगर प्रमुख पदमा विजयी भए। नेविसंघका पूर्वनेता डोटीको शिखर नगरपालिकाको मेयरमा दीर्घ बलायर निर्वाचित भएका छन्। नेविसंघका पूर्वसहमहामन्त्री हरिहर शर्मा बागलुङको जैमिनी नगरपालिकाको मयर निर्वाचित भए।

नेविसंघका पूर्वनेता तथा चुरे क्याम्पस बर्दियाका पूर्वस्ववियु सभापति तिलकराम लम्साल ठाकुरबाबा नगरपालिकाको मेयर निर्वाचित भए। नेविसंघका पूर्वकेन्द्रीय सदस्य भगवान अधिकारी काभ्रेको बेथानचोक गाउँपालिको अध्यक्षमा विजयी भए। नेविसंघका पूर्वकेन्द्रीय सदस्य गणेश पोख्रेल झापाको भद्रपुर नगर प्रमुखमा विजयी भएका छन्।

नेविसंघ पाटन क्याम्पसका पूर्वनेता खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। नेविसंघका पूर्वकेन्द्रीय सदस्य केशरजंग शाही मुगुको सोरु गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन्।

नेविसंघकै नेता दिनेश लामा काभे्रको रोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। नेविसंघ शंकरदेव क्याम्पसका पूर्वनेता ज्ञानेन्द्र गुरुङ गोरखाको सिरान्चोक गाउँपालिका अध्यक्षमा निर्वाचित भए। नेविसंघका निवर्तमान डोटी जिल्ला अध्यक्ष गणेश खड्का जिल्लाको आदर्श गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन्। र, नेविसंघका पूर्वसहमहामन्त्री अम्बिका चलाउने पन्चदेवल विनायक नगरपालिका, अछामको मेयर निर्वाचित भएका छन्।

बाँकेको कोहलपुर नगर प्रमुखमा पूर्ण आचार्य निर्वाचित भए। उनी नेविसंघ निर्वतमान जिल्ला अध्यक्ष हुन्। बाँकेकै नेपालगञ्ज उपमहानगरको प्रमुख प्रशान्त बिष्ट निर्वाचित भए। उनी नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन्।

यस्तै, इटहरी उपमहानगर प्रमुखमा हेमकर्ण पौडेल निर्वाचित भए। उनी इटहरीकै जनता क्याम्पसको स्ववियु सभापति र नेविसंघका नेता हुन्। महोत्तरीको मनरा सिसुवा नगरपालिकाको मेयरमा मोहन पाण्डे निर्वाचित भए। पाण्डे नेविसंघ महोत्तरीका निवर्तमान अध्यक्ष हुन्। यसैगरी, ओखलढुंगाको सिद्धिचरण गाउँपालिका अध्यक्षमा तेजेन्द्र खनाल निर्वाचित भए। उनी पनि नेविसंघको राजनीतिबाट आएका हुन्।

बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • २.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ३.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ४.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ५.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ६.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ७.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ८.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.