अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोली शनिबार अमेरिका प्रस्थान गरेको छ।
Advertisement
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममार्फत टोलीलाई बिदाइ गरे।
नेपाली टोली शनिबार नै अमेरिका प्रस्थान गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सास जान लागेको हो।