काठमाडौँ । त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता बढाएका छन् । २३ हजार ९७५ मत गणना हुँदा उनले प्रतिस्पर्धीसँग दुई हजार मतान्तर बनाएका छन् ।
Advertisement
बस्नेतले ८ हजार २०० मत ल्याउँदा एमालेका भागवत राउतले ६ हजार ३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६ हजार ३०२ मत पाएका छन् ।
यस्तै, उपमेयरमा कांग्रेसकै सरिता राईले ७ हजार ४१० मत पाएका छन् । एमालेकी महेश्वरी राईले ७ हजार ५४ मत पाउँदा माओवादीकी गीता खड्का (कार्की)ले ४ हजार ८२५ मत पाएकी छन् ।