• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, कार्तिक २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : चीनमा कार आक्रमण, मारिए ३५

राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

भौतिकवाद भर्सेस मौलिकता !

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

नदीमा डुबेर एक बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • २. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ३. राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

  • ४. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • ५. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ७. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ८. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • ९. राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • १०. भौतिकवाद भर्सेस मौलिकता !

विश्‍व घटना : चीनमा कार आक्रमण, मारिए ३५


    Avatar photo
बुधबार, कार्तिक २६, २०८३ मा प्रकाशित

काठमाडौं- आज ११ नोभेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९१८- पहिलो विश्‍वयुद्धको अन्त्य

सन् १९१८ मा आजकै दिन पहिलो विश्‍वयुद्धको अन्त्य भएको थियो। युद्धलाई औपचारिक रूपमा समाप्त गर्न एक युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो। पहिलो विश्‍वयुद्धमा १ करोड ७० लाखको ज्यान गएको थियो। यो विश्‍व इतिहासको सबैभन्दा ठूलो रक्तपात मानिन्छ।

– सन् १९२६- अमेरिकामा क्रमांकित राजमार्गहरूलाई स्वीकृति

उक्त प्रणालीमार्फत अड नम्बरवाला राजमार्गहरू उत्तरबाट दक्षिणतर्फ जान्छन् भने इभन नम्बरवाला राजमार्गहरू पूर्वबाट पश्‍चिमतर्फ। कम अड नम्बरवाला राजमार्गहरू पश्‍चिममा छन् भने बढी अड नम्बरका राजमार्ग पूर्वमा पर्छन्। यस्तै, कम इभन नम्बरवाला राजमार्ग दक्षिणमा र बढी इभन नम्बरवाला राजमार्ग उत्तरमा छन्।

– सन् १९६५- रोडिसिया बेलायती पञ्‍जाबाट मुक्त

तत्कालीन दक्षिण अफ्रिकी मुलुक रोडेसिया आजकै दिन ब्रिटिस पञ्‍जाबाट मुक्त भएको थियो। अहिले दक्षिणी रोडेसिया जिम्बावेमा पर्छ भने उत्तरी रोडेसिया जाम्बियामा। तत्कालीन रोडेसियालाई श्‍वेत नेताहरूले ब्रिटेनबाट मुक्ति दिलाएका थिए। १४ वर्ष लामो स्वतन्त्रता आन्दोलन आजकै दिन सफल भएको थियो। पछि ब्रिटेनबाट मुक्त भएको क्षेत्रको नाम बदलेर जिम्बावे नामाकरण गरिएको हो।

– सन् १९७५- अंगोला स्वतन्त्र

दक्षिण-पश्‍चिमी अफ्रिकी मुलुक अंगोला आजकै दिन पोर्चुगलको अधिनबाट मुक्त भएको थियो। अंगोलामाथि पोर्चुगलले ३०० वर्ष शासन गरेको थियो।

– सन् १९९९- हाउस अफ लड्र्स ऐन पारित

बेलायतमा आजकै दिन हाउस अफ लड्र्स ऐन पारित भएको थियो। उक्त ऐनमार्फत सहकर्मी र वंशाणुगत अधिकारहरूको आधारमा हाउस अफ लड्र्समा स्थान पक्का हुने अधिकार खारेज भएको थियो।

– सन् २०००- रेलमा आगलागी, १६१ को मृत्यु

सन् २००० मा आजकै दिन अस्ट्रियाको एक अल्पाइन सुरुङमा फनिक्युलर रेलमा आगो लाग्दा १६१ जनाको ज्यान गएको थियो। मारिनेमध्ये सबै स्कियर (स्की खेलमा सहभागी) र स्‍नोबोड्र्सका सदस्यहरू थिए।

– सन् २००१- अफगानिस्तानमा मारिए ३ पत्रकार

सन् २००१ मा आजकै दिन युद्धग्रस्त मुलुक अफगानिस्तानमा तीनजना विदेशी पत्रकारको हत्या भएको थियो। उनीहरू तालिबानले थापेको एम्बुसमा परेका थिए। मारिएका जोहान्‍ने सुटोन रेडियो फ्रान्स, पियरे बिलाउड फ्रान्सकै आरटीएल रेडियो र भोल्कर ह्यान्डलोइक बर्लिनको म्यागेजिनका रिपोर्टरहरू थिए।

– सन् २०१९- अस्ट्रेलियामा डढेलो संकटकाल

सन् २०१९ मा आजकै दिन अस्ट्रेलियाले देशभर संकटकाल घोषणा गरेको थियो। त्यसको कारण थियो, देशभरका १२० स्थानमा डढेलो फैलिनु। खासगरी, सिडनी क्षेत्रका दुई प्रान्तका जंगलमा डढेलो फैलिएको थियो।

– सन् २०२४- चीनमा कार आक्रमणमा मारिए ३५

सन् २०२४ मा आजकै दिन चीनको दक्षिणी शहर चुहाईमा कारमार्फत गरिएको आक्रमणमा ३५ जनाको ज्यान गएको थियो। चुहाईस्थित एथलेटिक्स रंगशालामा कारबाट आक्रमण गरिएको थियो। उक्त घटना दशकौंयता चीनमा भएको सबैभन्दा खराब हिंसामध्ये एक हो।

 

बुधबार, कार्तिक २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा
भौतिकवाद भर्सेस मौलिकता !
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल
यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

भर्खरै

  • १.
    विश्‍व घटना : चीनमा कार आक्रमण, मारिए ३५

  • २.
    राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • ३.
    भौतिकवाद भर्सेस मौलिकता !

  • ४.
    जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

  • ५.
    यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

  • ६.
    नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

  • ७.
    दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

  • ८.
    जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.