• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

नदीमा डुबेर एक बालकको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

भौतिकवाद भर्सेस मौलिकता !

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • २. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ३. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ४. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • ५. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ६. राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

  • ७. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ८. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ९. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • १०. उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल


    Avatar photo
मङ्गलबार, कार्तिक २५, २०८३ मा प्रकाशित

काठमाडौँ, २४ कात्तिकः सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउनुभएको छ ।

नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गर्नुभयो ।

“शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्त्वपूर्ण उपलब्धि हुन्”, सभामुख अर्यालले भन्नुभयो, “अब यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न आवश्यक छ ।”

नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान हाम्रो राष्ट्रिय शक्ति हो भन्दै उहाँले नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताउनुभयो ।

नेपाल भाषा, रञ्जना लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिकाको आवश्यकता औँल्याउँदै सभामुख अर्यालले यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवत्को प्रयोग विस्तार गर्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुने बताउनुभयो ।

“नेपाल संवत् केवल समय गणना गर्ने पात्रमात्र होइन यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो”, उहाँले भन्नुभयो ।

नेपाल संवत्को प्रारम्भ राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोक कल्याणकारी योगदानसँग जोडिएको उल्लेख गर्दै सभामुख अर्यालले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको बताउनुभयो । “उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ”, सभामुखले भन्नुभयो ।

नेपाल संवत्को ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व नेपालमण्डलको जीवन पद्धतिसँग गहिरो रुपमा जोडिएको जनाउँदै उहाँले नेपालका चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा यसको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेशभित्रका १३ वटा जिल्लामा शङ्खधर साख्वा प्रतिष्ठान स्थापना तथा नेपाल भाषाको विकास, संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको स्पष्ट पार्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल भाषा सङ्घर्ष समितिका अग्रजले गरेको आन्दोलनका कारण नेपाल भाषाको प्रवर्द्धन तथा नेपाल संवत्को राष्ट्रिय मान्यता प्राप्त हुनसकेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आजभन्दा ठिक ४७ वर्षअघि अर्थात् नेपाल संवत् ११०० देखि नै यस संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनुपर्छ भन्ने आवाज उठ्दै आएको भए तापनि गणतान्त्रिक सरकारले मात्रै नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएको बताउनुभयो ।

“नेपाल भाषा आन्दोलन करिब पाँच दशकको यात्रा भइसकेता पनि अझै पनि यो सांस्कृतिक र राजनीतिक जागरणको प्रतिविम्बका रूपमा यो आन्दोलन अगाडि बढिरहेको छ, आज पनि यसको औचित्य छ”, उहाँले भन्नुभयो ।

मङ्गलबार, कार्तिक २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल
यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित
दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
नदीमा डुबेर एक बालकको मृत्यु
बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

भर्खरै

  • १.
    जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

  • २.
    यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

  • ३.
    नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

  • ४.
    दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

  • ५.
    जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

  • ६.
    नदीमा डुबेर एक बालकको मृत्यु

  • ७.
    बर्दियामा मोटरसाइकल दुर्घटनाः १६ वर्षीय युवकको मृत्यु

  • ८.
    भौतिकवाद भर्सेस मौलिकता !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.