काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब एकैपटक १० हजार रुपैयाँले वृद्धि भएको छ । क्यानले राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीको तलब बढाएको हो ।
Advertisement
क्यानले राष्ट्रिय खेलाडीलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोहीअनुरुप मासिक पारिश्रमिक दिँदै आएको छ ।
क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सीमा रहेका खेलाडीको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।
त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीको मासिक पारिश्रमिक ३ हजार, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ ।
त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरिएको छ ।