• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

सीको वासिङ्टन भ्रमण सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ६. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ९. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण


    Avatar photo
बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

गण्डकी- फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी र पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबईका लागि उड्ने विमानस्थलका महाप्रबन्धक निरौलाले बताउनुभयो । यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तरराष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको उहाँले बताउनुभयो ।

पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्राअवधि छोटिँदा खर्च पनि घट्ने महाप्रबन्धक निरौलाले बताउनुभयो । पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । विश्वका १२० भन्दाबढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ ।

फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत दुबई–पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने बताइएको छ ।

 

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता
डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट
बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने
श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

भर्खरै

  • १.
    फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

  • २.
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

  • ३.
    भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

  • ४.
    डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

  • ५.
    मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

  • ६.
    बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

  • ७.
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

  • ८.
    राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.