• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

सीको वासिङ्टन भ्रमण सुरु

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

डुकुछापको खोरमा दोस्रो चितुवा

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ६. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर


    Avatar photo
बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

कोलम्बो- श्रीलङ्काको एक अदालतले सन् २०१९ को इस्टर पर्वका दिन चर्च र होटलमा भएको बम विस्फोटको योजना तथा तयारीमा सहयोग गरेको अभियोगमा मङ्गलबार १५ जनालाई दोषी ठहर गरेको छ । घटनामा २६७ जनाको मृत्यु भएको थियो । सोही मुद्दामा अभियोग लागेका नौ जनालाई भने अदालतले दोषमुक्त गर्दै रिहा गरेको छ ।

सन् २०१९ अप्रिल २१ मा इस्लामिक स्टेटबाट प्रेरित आत्मघाती आक्रमणकारीले तीन चर्च र तीन होटलमा विस्फोट गराउँदा ४२ विदेशी नागरिकसहित २६७ जनाको मृत्यु तथा ५७४ जना घाइते भएका थिए । प्रत्यक्ष आक्रमणमा संलग्न सबै आक्रमणकारीको मृत्यु भइसकेको छ ।

तीन सदस्यीय उच्च अदालतको इजलासले दोषी ठहर भएकाहरूको सम्पत्ति जफत गर्नसमेत आदेश दिएको छ । सन् २०२१ मा २५ जनाविरुद्ध हत्या, आतङ्कवादी गतिविधिको षड्यन्त्र तथा बन्दुक र विस्फोटक पदार्थसम्बन्धी २३ हजार २७० अभियोग दर्ता गरिएका थिए । मुद्दा चलिरहँदा एक अभियुक्तको मृत्यु भएको थियो ।

अभियोजन पक्षले प्रतिवादीहरू इसाई र पर्यटकलाई लक्षित सुनियोजित आक्रमणमा संलग्न रहेको दाबी गरेको थियो । अदालतमा प्रस्तुत भिडियोमा आक्रमणकारीले तत्कालीन इस्लामिक स्टेट नेता अबु बकर अल–बग्दादीप्रति निष्ठाको शपथ लिएको देखाइएको थियो । दोषी ठहर भएका एक प्रतिवादी सिरिया पुगेर इस्लामिक स्टेटका लागि लडेको अभियोजन पक्षले जनाएको छ ।

अदालतले केही प्रतिवादीलाई कडा श्रमसहित २०० देखि २६० वर्षसम्मको जेल सजाय सुनाएको छ । धर्मगुरु मोहम्मद इब्राहिम मोहम्मद नौफरलाई २२० वर्ष र मोहम्मद इब्राहिम सादिक अब्दुल्लालाई २४० वर्षको सजाय तोकिएको छ । दोषी ठहर भएकाहरूलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अधिकार छ ।

विस्फोटपछि आक्रमणकारी र राज्यको गुप्तचर सेवाबीच सम्बन्ध रहेको आरोपसमेत लागेको थियो । रक्षा मन्त्रालयले त्यसलाई अस्वीकार गरे पनि संसदीय समितिले प्राप्त पूर्वसूचनामा प्रहरी तथा गुप्तचर अधिकारीले पर्याप्त कदम चाल्न नसकेको निष्कर्ष निकालेको थियो । यसै वर्ष पूर्वगुप्तचर प्रमुख सुरेश साल्ली पक्राउ परेका थिए भने पूर्वप्रहरी प्रमुख र रक्षा मन्त्रालयका एक पूर्ववरिष्ठ अधिकारीलाई सम्भावित आक्रमणबारे प्राप्त चेतावनीमा कारबाही नगरेको आरोपमा मृत्युदण्ड सुनाइएको थियो ।

क्याथोलिक चर्चले फैसलाको स्वागत गर्दै घटनाका वास्तविक योजनाकारबारे अझै प्रश्न रहेको बताएको छ । चर्चका प्रवक्ता रेव. जुड क्रिसान्था फर्नान्डोले फैसलाले भविष्यमा यस्ता घटना रोक्न सहयोग गर्ने बताउनुभयो । अर्का पादरी रेव. दिलान पेरेराले श्रीलङ्का बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक समाज भएकाले धर्मका नाममा हिंसा गर्न नहुने बताउनुभयो ।

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस
सीको वासिङ्टन भ्रमण सुरु
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट
सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

भर्खरै

  • १.
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

  • २.
    राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

  • ३.
    सीको वासिङ्टन भ्रमण सुरु

  • ४.
    जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ६.
    राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

  • ७.
    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

  • ८.
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.