• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज ०७, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

सीको वासिङ्टन भ्रमण सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ६. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ९. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता


    Avatar photo
बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

सुदूरपश्चिम- यही असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित यहाँका विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमानअनुसार कैलालीमा बाढी, पहिरो, नदी कटान र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आजको बैठकले नेपाल मौसम विज्ञान विभागले उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएपछि त्यसअनुसार जिल्लामा सतर्कता अपनाउने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकाय सबै मिलेर आ–आफ्नो क्षेत्रअनुसार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी प्राप्त हुनासाथ सबै स्थानीय तह, सुरक्षा निकाय र जिल्लावासीलाई तत्काल जानकारी गराउने व्यवस्था मिलाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

विशेष गरी कर्णालीको बेनिघाट जलस्तर मापन केन्द्र, मोहनालगायत प्रमुख नदी तथा खोलाको जलसतह नियमित अद्यावधिक गरी नदी किनार तथा जोखिमयुक्त बस्तीमा समयमै सूचना प्रवाह गर्ने निर्णयसमेत गरिएको छ ।

जलसतह बढेको अवस्थामा सुरक्षा निकाय, स्थानीय तह र सञ्चारमाध्यममार्फत प्रभावकारी सूचना प्रवाह गरिने र त्यसका लागि आवश्यक तयारी गर्न स्थानीय तहलाई पनि थप सक्रिए हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

यस्तै, सम्भावित बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राखी सडक डिभिजन, हेभी इक्विपमेन्ट कार्यालय, स्थानीय तह र ट्राफिक प्रहरी कार्यालयलाई डोजर, स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बाढी, पहिरो तथा डुबानबाट प्रभावित हुने सम्भावित अवस्थाको आकलन गरी उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्री तयारी अवस्थामा राख्न तथा रबर बोट, मोटरबोटलगायत उद्धार सामग्री आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न बैठकले निर्देशन दिएको छ ।

यस्तै, भारी वर्षाबाट हुनसक्ने क्षतिको पूर्वानुमान गरी राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायले मनसुन प्रतिकार्य योजना, २०८३ अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

कर्णाली नदीको कटानबाट जोखिममा रहेका टीकापुर नगरपालिका–५ लगायतका स्थानमा तत्काल अस्थायी रोकथामको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ । त्यसका लागि टीकापुर नगरपालिका र सुरक्षा निकायबीच समन्वय गर्ने तथा जोखिमयुक्त क्षेत्रमा जैविक तटबन्धका लागि स्थानीय तह र सुरक्षा निकायले आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

बैठकले विपद् व्यवस्थापन, स्थानीय तहको विपद् प्रतिकार्य योजना निर्माण, विपद्का समयमा सूचना व्यवस्थापन तथा जिल्लाका स्थानीय तहसँग समन्वयलाई प्रभावकारी बनाउन जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डिइओसी) को भूमिका थप सक्रिय बनाउने निर्णयसमेत गरेको छ ।

त्यस्तै विपद् प्रतिकार्यका लागि प्रत्येक स्थानीय तहले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई रु एक लाख उपलब्ध गराउने पूर्वनिर्णय कार्यान्वयन गर्न बाँकी स्थानीय तहलाई आग्रह गरिएको छ । रसुवा बाढीबाट कैलालीका बेपत्ता तथा मृतकका पीडित परिवारलाई पनि स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा रेडक्रस तथा सहयोगी संस्था र व्यक्तिमार्फत राहत सामग्री वितरण गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा भएको उक्त बैठकमा धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा, घोडाघोडी, लम्कीचुहा, टीकापुर, भजनी नगरपालिका तथा कैलारी, बर्दगोरिया, जोशीपुर, जानकी, चुरे र मोहन्याल गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना देवीदल गण, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट
बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने
श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

भर्खरै

  • १.
    फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

  • २.
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

  • ३.
    भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

  • ४.
    डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

  • ५.
    मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

  • ६.
    बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

  • ७.
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

  • ८.
    राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.