काठमाडौँ । भारत सरकारले चिनी निर्यातमा रोक लगाएको छ । केन्द्र सरकारको यो निर्णय आगामी १ जुनदेखि लागू हुने छ ।
Advertisement
यसअघि भारतले गहुँ निर्यातमा रोक लगाएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार चिनी निर्यातमा प्रतिबन्ध लगाउनुको उद्देश्य घरेलु खपत बढाउने र स्वदेशी उत्पादनलाई भारतकै बजारमा फैलाउने हो । त्यसबाट मूल्यवृद्धि पनि रोक्न सकिने भारत सरकारको आकलन देखिन्छ।
उक्त प्रतिबन्ध युरोपेली मुलुक र अमेरिकामा भइरहेको निर्यातको हकमा यो प्रतिबन्ध लागू नहुने सरकारी अधिकारीहरूले बताएका छन् । भारत ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी उत्पादक र निर्यातक मुलुक हो ।