• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

सीको वासिङ्टन भ्रमण सुरु

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ६. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

डुकुछापको खोरमा दोस्रो चितुवा


    Avatar photo
बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

डुकुछाप (ललितपुर)- गोदावरी नगरपालिका-८ डुकुछापमा एक वयस्क चितुवा बुधबार बिहानीपख खोरमा परेको छ।

यसअघि २ असोजमा एक चितुवा खोरमा परेको थियो, जसलाई वन डिभिजन ललितपुरको टोलीले उद्धार गरी जावलाखेलस्थित सदर चिडियाखाना लगेको थियो। बुधबार खोरमा परेको चितुवा माउ र २ असोजको चितुवा उसको डमरु भएको स्थानीय बासिन्दाको अनुमान छ।

डुकुछापको स्थानीय समुदाय र गोदावरी ८ नम्बर वडा कार्यालयको आग्रहमा वन डिभिजन कार्यालयले डुकुछापस्थित खहरे खोला नजिक चितुवा समात्न खोर राखेको छ। जसमा एक साताभित्रै दोस्रो चितुवा पसेको हो।

डुकुछापका स्थानीयवासी सुन्दर खड्काका अनुसार भदौ अन्तिम साता चितुवा पक्रिने उद्देश्यले उक्त खोर राखिएको थियो। “खोरमा धमाधम चितुवा पर्न थालेपछि हामी स्थानीय बासिन्दाले राहतको सास फेरेका छौं,” खड्काले भने, “गाउँमा सडक बत्ति पनि नभएकाले रात-साँझ हिँडडुल गर्न पनि त्रसित हुनुपर्छ। त्यसैले झाडी क्षेत्रमा बसिरहेका बाँकी चितुवा पनि खोरमा पारेर वन कार्यालयलाई बुझाउँछौं।”

गोदावरी-८ का डुकुछाप र टोकलमार्टबीचमा लामो समयदेखि ५ वटा सम्म चितुवा देखिँदै आएका छन्। सरसफाइ अभावमा उक्त क्षेत्र झाडीमा परिणत भएको छ। सोही झाडीलाई चितुवाले वासस्थान बनाउँदै आएका छन्।

स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रको जमिन यसअघि नै बिक्री भइसकेको छ। जसले जमिन खरिद गरेका छन्, उनीहरूले त्यस क्षेत्रमा हुर्किएको झाडी फाँड्न चासो दिएका छैनन्। र, सोही झाडीलाई चितुवाले बासस्थान बनाएका छन्।

चितुवाहरू दिउँसै पनि आहाराको खोजीमा बस्ति नजिक र खेतबारीमा देखिने गर्छन्। पछिल्लो समय मानिसलाई आक्रमण गरेका छैनन् तर स्थानीयवासीले पालेका खसी-बाख्रा खोरबाटै तानेर खाइदिने गरेका छन्।

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता
डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट
बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने
श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

भर्खरै

  • १.
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

  • २.
    भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

  • ३.
    डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

  • ४.
    मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

  • ५.
    बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

  • ६.
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

  • ७.
    राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

  • ८.
    सीको वासिङ्टन भ्रमण सुरु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.