• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

सीको वासिङ्टन भ्रमण सुरु

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

डुकुछापको खोरमा दोस्रो चितुवा

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ६. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु


    Avatar photo
मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

साना-  यमनको दक्षिणपश्चिमी ताइज प्रान्तस्थित रणनीतिक लाल सागर बन्दरगाह सहर मोचामा मङ्गलबार साउदी अरबले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको र आठ जना घाइते भएको हुथी समूहद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनका अनुसार साउदी लडाकू विमानले मोचाको एक आवासीय क्षेत्रमा तीन हवाई आक्रमण गरेका थिए । आक्रमणमा दुई बालबालिका र एक महिलासहित छ जनाको मृत्यु भएको तथा अन्य आठ जना घाइते भएका जनाइएको छ । आक्रमणमा मारिएका र घाइते भएका बालबालिकाको दृश्यसमेत उक्त टेलिभिजनले प्रसारण गरेको छ ।

घटनाबारे साउदी अरबबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । साउदी अरब र हुथी समूहबीच पछिल्लो समय बढिरहेको सैन्य तनावका क्रममा यमनका हुथी नियन्त्रणमा रहेका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण भइरहेका छन् । त्यसको जवाफमा हुथी समूहले साउदी अरबका विभिन्न स्थानलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएको छ ।

मोचा पछिल्लो द्वन्द्वमा महत्त्वपूर्ण युद्ध क्षेत्र बनेको छ । हुथी सेनाले सेप्टेम्बर १० मा मोचा बन्दरगाह सहर कब्जा गर्दै धुबाब हुँदै दक्षिणतर्फ अघि बढेको तथा सेप्टेम्बर ११ मा बाब अल–मन्दब जलघाँटीको मध्यभागमा रहेको माय्युन टापु नियन्त्रणमा लिएको दाबी गरिएको छ । त्यसपछि यमनी सरकारी सेनाले दक्षिणतर्फ रक्षात्मक स्थानमा फर्किनुपरेको जनाइएको छ ।

बाब अल–मन्दबलाई हेर्ने दुर्गम उच्च भूभागमा समेत पछिल्लो समय लडाइँ तीव्र भएको छ । सरकारी सेनाले हुथी समूहको थप विस्तार रोक्न तथा लाल सागरलाई एडनको खाडी र हिन्द महासागरसँग जोड्ने महत्त्वपूर्ण समुद्री मार्गका रणनीतिक स्थान पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

यमनमा सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी साना र उत्तरी यमनको ठूलो भूभाग कब्जा गरेपछि द्वन्द्व सुरु भएको हो । त्यसपछि सन् २०१५ मा साउदी अरबको नेतृत्वमा गठित गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा यमनमा सैन्य हस्तक्षेप गरेको थियो ।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस
सीको वासिङ्टन भ्रमण सुरु
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

भर्खरै

  • १.
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

  • २.
    राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

  • ३.
    सीको वासिङ्टन भ्रमण सुरु

  • ४.
    जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ६.
    राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

  • ७.
    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

  • ८.
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.