काठमाडौँ- प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।
Advertisement
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा सदनमा प्रतिनिधित्व गरेका छ दलका प्रतिनिधिले भनाइ राख्नुहुने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
यसअघि यही भदौ १० गते सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत खोज, उद्धार, राहत तथा पुनःस्थापनामासंलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।