• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली

ढुङ्गेमा यातायात सञ्चालन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पराना नदीमा ७७ वर्षयताकै कम पानी !

राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ५. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ६. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ७. बड्का भलमन्साको विलाप !

  • ८. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु


    Avatar photo
मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

म्याग्दी-  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गर्नुभएको हो । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन् ।

Advertisement

“म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,” धनप्रसादले भन्नुभयो, “पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ ।”

याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताउनुभयो । उहाँका अनुसार चौँरीपालनमा तीन जनाको रु ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीगाईको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

धनप्रसाद गाउँमै खेती किसानी, गाईभैँसी र बङ्गुरपालन गरेर बस्दै आउनुभएको छ । धनकुमारी बेनीमा होटल व्यवसाय र प्रदीप निर्माण व्यवसायी हुनुहुन्छ । उहाँहरुले चौँरी फार्ममा एक जनालाई रोजगारी पनि दिनुभएको छ । बर्खामा हिमाल फेदीको बुकीमा लगिने चौँरीका लागि हिउँदमा बेँशीका फाँटमा चरनको सुविधा रहेको छ ।

समुद्री सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइको हिमाली क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ । चौँरीगाईलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दूध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्थ्यो ।

डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थान चौँरीगाईको पकेट क्षेत्र हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा क्षेत्रमा विसं २०६० को दशकदेखि चौँरीपालन हँुदै आएको छ । देशभर करिब ११ हजार पाँच सय चौँरीगाई रहेको पशुपन्छी मन्त्रालयको तथ्याङ्क रहेको छ ।

मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
ढुङ्गेमा यातायात सञ्चालन
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पराना नदीमा ७७ वर्षयताकै कम पानी !
राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा
ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

भर्खरै

  • १.
    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

  • २.
    भोटेकोशी बाढीपीडितका साथमा पोखरेली

  • ३.
    ढुङ्गेमा यातायात सञ्चालन

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पराना नदीमा ७७ वर्षयताकै कम पानी !

  • ६.
    राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ७.
    ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

  • ८.
    नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.