• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ १५, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार

पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ५. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ६. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. बड्का भलमन्साको विलाप !

ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश


    Avatar photo
सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

ताप्लेजुङ- ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ । ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

खेलको पाँचौँ मिनेटमा झापा-११ का आयुष घलानले गोल गरे । नेपाल पुलिस क्लबले गोलका लागि उत्कृष्ट प्रयास गरे पनि गोल गर्न नसक्दा क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

नेपाल पुलिस क्लबलाई पराजित गरेसँगै झापा-११ ले सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । फिदिमले चित्लाङ एफसीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यी दुई टोलीबीचको खेल भदौ १७ गते हुनेछ ।

यस्तै, मङ्गलबार सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ-११ लाई २-१ तथा सलहेशले सातदोबाटो एफसीलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ तथा उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र
भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा
श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो
भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

भर्खरै

  • १.
    ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

  • २.
    नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

  • ३.
    भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

  • ४.
    श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

  • ५.
    भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार

  • ६.
    पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता

  • ७.
    सुनको मूल्य घट्यो, चाँदीको स्थिर

  • ८.
    तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.