काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
Advertisement
अध्यक्षमा मिङ्मा छिरी शेर्पाले २०२८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत ल्याएका थिए ।
उपाध्यक्ष पदमा एमालेकी टासी ल्हमु शेर्पाले २०२३ मत ल्याउँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत मात्रै ल्याएकी थिइन् ।
योसँगै एमालेले अहिलेसम्म ७ पालिकामा जित हात हासिल गरेको छ ।