भारत दिल्लीको मुन्डका इलाकास्थित एक आवासीय भवनमा भएको आगलागीबाट कम्तिम २७ जनाको मृत्यु भएको छ।
Advertisement
शुक्रबार साँझदेखि लागेको आगो नियन्त्रणमा लिइएको दिल्लीका आउटर डिस्ट्रिक्ट उपआयुक्त समिर शर्माले बताए।
घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ। अग्नि नियन्त्रण अधिकारीहरूका अनुसार उक्त भवनबाट हालसम्म २७ वटा शव निकालिएको छ। तीमध्ये अधिकांश भवनको दोस्रो तलामा भेटिएका छन्।
करिब ६ घण्टाको निरन्तर प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको थियो।