काठमाडौँ । कीर्तिपुरको त्रिवि मैदाना जारी टी २० खेलको पहिलो खेलमा पराजित भएको नेपालले आज दोस्रो खेल खेल्ने भएको छ । जिम्बाब्बे ‘ए’सँग ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो खेल्ने भएको हो ।
Advertisement
खेल दिउँसो १ बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुवैमा नेपाली टोली कमजोर देखिएको थियो । आजको खेलमा दुवै पक्षलाई बलियो बनाउँदै सिरिजको पहिलो जित निकाल्न प्रयासरत हुने छ ।
नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को तयारीका लागि जिम्बाब्वेसँग सिरिज खेलिरहेको हो ।