आफ्नै विवाहमा डान्स गर्न एक बेहुलालाई महँगो परेको छ।
Advertisement
यो भारतको महाराष्ट्रस्थित बुलढाना जिल्लाको घटना हो। विवाह समारोहमा बेहुला र उनका जन्ति डान्समा मस्त थिए। सोही कारण विवाहको साइत गुज्रिरहेको थियो।
बेहुलाको प्रतीक्षा गर्दा–गर्दा थकित बेहुलीले अर्कैसँग विवाह गर्ने निर्णय लिइन्। जतिबेला बेहुला र उनका जन्ति विवाह मण्डपमा पुगे, बेहुलीले अर्कैसँग सात फेरो लिइसकेकी थिइन्। र, अर्कैकी दुलही बनिसकेकी थिइन्।
(बीबीसी हिन्दीबाट)