काठमाडौँ । चितवनको भरतपुर महानगरका बागी उम्मेदवार जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिह्न पाएका छन् । उनलाई निर्वाचन आयोगले भुइँकटहर चुनाव चिह्न प्रदान गरेको हो ।
Advertisement
नेपाली कांग्रेसका पूर्व सांसदसमेत रहेका पौडेलले पार्टीको निर्णयविरुद्ध भरतपुरमा उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने सहमति भएपछि असन्तुष्ट पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
उनको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायत नेताहरू लागि परेका थिए । तर, उनले बागी उम्मेदवारी फिर्ता नलिने अडान राखेका थिए ।