• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग

आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य


    Avatar photo
बुधबार, चैत २०, २०८१ मा प्रकाशित

बागमती- बागमती प्रदेशसभाको चालु १५औँ अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ ।

Advertisement

आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक नबस्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

यसअघि प्रतिपक्ष दलहरूले बजेट बाँडफाँटमा सन्तुलन कायम गर्नुपर्नेसहितका माग राख्दै आएकाले बैठक सञ्चालन हुन सकेको थिएन । प्रदेश सरकार मन्त्रीपरिषद्को आज बिहान बसेको बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गरिएको सूचना प्रदेशसभा सचिवालयलाई पठाएपछि प्रदेशसभाको आजका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक सञ्चालनका लागि सभामुख पाठकको पहलमा मङ्गलबार दिनभर भएको सरकार पक्ष र प्रतिपक्ष दलबीचको छलफलबाट कुनै निष्कर्ष आउन नसकेपछि प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने र त्यसअघि दलहरूबीचको संयुक्त छलफललाई आज पुनः निरन्तरता दिई सहमति कायम गर्ने सैद्धान्तिक सहमति भएको थियो ।

सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच सहमति हुन नसकेपछि प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

प्रतिपक्ष दलहरूको अडानका कारण प्रदेशसभाको बैठक अन्योलमा परेकाले चालु अधिवेशन अन्त्य गरी आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा केन्द्रित हुने सरकारले निर्णय लिएको उहाँले बताउनुभयो ।

यसैबीच, प्रतिपक्ष दलहरूले प्रदेश सरकारले हठात्मा चालु अधिवेशन अन्त्य गरी गैरजिम्मेवार ढङ्गबाट प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पत्रकार सम्मेलन गरी प्रदेश सरकारले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णयले यथाशीघ्र हुने वर्षे अधिवेशनलाई प्रभावित पार्ने बताउँदै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले दलहरूबीच वार्ता, सहमति र सहकार्य कायम गरेर अघि बढ्न सरकारसँग माग गर्नुभयो ।

बुधबार, चैत २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कहाँ-कहाँ हुनेछ वर्षा ?
३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग
आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

भर्खरै

  • १.
    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

  • २.
    ३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग

  • ३.
    आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?

  • ४.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५.
    विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

  • ६.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ७.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ८.
    पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.