• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नरेन्द्र मोदी भारत आएका विदेशी नेतालाई किन गुजरात लैजान्छन्?


शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित

 

Advertisement

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती समकक्षी बोरिस जोन्सनबीच हिजो गुजरातको राजधान अहमदाबादमा भेटवार्ता भयो । केहीअघि मोदीले जामनगरमा विश्व स्वास्थ्य संगठनको ग्लोबल सेन्टर फर ट्रेडिशनल मेडिसिनको उद्घाटन समारोहमा मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेब्रियससलाई स्वागत गरे ।

 

विगतमा हेर्ने हो भने भारत भ्रमण गर्न गएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानी प्रधानमन्त्री सिञ्जो आबे र चिनियाँ राष्ट्रपति सी जिन पिङलगायतका नेताहरूले पनि गुजरातको भ्रमण गरे । सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि विश्व नेताको गुजरात भ्रमण बढेको छ ।

 

यसअघि धेरैजसो राष्ट्र प्रमुखहरू ताजमहल हेर्न दिल्ली र आग्रामा सीमित हुन्थे । कोही मुम्बई र चेन्नई पनि जान्थे । तर, गुजरातको अहमदाबाद अब कुटनीतिक बैठकको नयाँ केन्द्रको रूपमा विकास हुँदै गएको छ ।

 

सी जिनपिङको गुजरात भ्रमण

सेप्टेम्बर २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नो भारतीय भ्रमणको क्रममा सबैभन्दा पहिले अहमदाबाद गए । र, त्यसपछि दिल्ली आए । सन् २०१७ मा जापानी प्रधानमन्त्री शिञ्जो आबे १३ र १४ सेप्टेम्बरमा अहमदाबाद पुगेका थिए ।

सन् २०१८ मा, इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले पनि अहमदाबादको भ्रमण गरे । उनी दिल्ली र मुम्बई पनि गएका थिए । सन् २०२० फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनकी श्रीमतीसँग दुई दिने भारत भ्रमणमा आएको बेला उनी पहिले अहमदाबाद र त्यसपछि आग्रा र अन्तिममा दिल्ली गए ।

 

बेलायती प्रधानमन्त्री जोनसन अहमदाबाद पुग्ने पछिल्लो नेता भएका छन् । अहमदाबादमा केही कार्यक्रम र बैठकमा भाग लिएर उनी दिल्ली प्रस्थान गर्ने कार्यक्रम पहिले तय भएको थियो ।

 

बदलिएको परम्परा

सन् २०१४ अघि अधिकांश देशका राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण दिल्लीमा मात्र सिमित हुन्थ्यो । मुम्बई भारतको व्यापारिक राजधानी भएकाले कतिपय देशका राष्ट्रप्रमुख त्यहाँ पनि जान्थे । केही अपवादम नेताहरू चेन्नई र कोलकाता जान्थे । तर, देशका शीर्ष नेताहरूको भेटघाट दिल्लीमै हुन्थ्यो ।

 

तर, अहिले अवस्था फेरिएको छ । नरेन्द्र मोदीले विश्वका धेरै देशका राष्ट्र प्रमुखलाई गुजरातमा आमन्त्रण गर्ने गरेका छन् । नेताको आगमनमा राज्यमा रोड शो र रंगारंग कार्यक्रमको आयोजना गरिने गरेको छ ।

सन् २०२० मा डोनाल्ड ट्रम्प गुजरात आउँदा मोटेरा क्रिकेट स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रम आयोजना गरिएको थियो । रोड शो पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रमको आलोचना पनि भएको थियो ।

 

जापानी प्रधानमन्त्री सिञ्जो आबेले गुजरातबाटै भारत भ्रमण शुरु गरेका थिए । उनको गुजरात भ्रमणलाई विश्लेषकले त्यतिबेला निकै महत्वपूर्ण मानेका थिए, किनभने त्यतिबेला गुजरातमा ५० जापानी कम्पनीले व्यवासय सञ्चालन गरिरहेका थिए ।

 

त्यस्तै, सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ श्रीमतीसहित अहमदावाद आउँदा साबरमती नदीको किनारमा लोक संगीतले स्वागत गरिएको थियो ।

 

वरिष्ठ राजनीतिक विश्लेषक विनोद शर्माका अनुसार पहिले यस्तो थिएन । शर्माका अनुसार विगतका भारतीय प्रधानमन्त्री विदेशी राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई आफ्नो गृह राज्यमा निम्तो गर्दैनथे । तर, पछिल्लो समय अन्य धेरै नेताहरूले दिल्ली र देशका अन्य भागको भ्रमण गर्न थालेका छन् ।

 

अक्टोबर २०२१ मा डेनमार्कका प्रधानमन्त्री म्याट फ्रेड्रिक्सनले दिल्लीको भ्रमण गरे । र, फेब्रुअरी २०२० मा म्यानमारका राष्ट्रपति यु विन मिन्टले दिल्ली र आगराको भ्रमण गरे । सन् २०१८ र २०१९ मा भारत भ्रमणको क्रममा श्रीलंका, भुटान र पोर्चुगलका प्रधानमन्त्रीहरू पनि दिल्ली आएका थिए ।

सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीले युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको तमिलनाडुको मामाल्लापुरमको भ्रमण गरे । त्यसअघि इटालीका प्रधानमन्त्री पाउलो जेण्टिलोले अक्टोबर २०१७ मा दिल्लीको भ्रमण गरे । भारतमा अहिले विदेशी देशका राष्ट्रपति वा प्रधानमन्त्रीको गुजरात भ्रमण किन बढ्न थाल्ये भन्ने प्रश्न उठ्न थालेको छ ।

 

गुजरातको व्यापार मोडेल

वास्तवमा गुजरातको मुख्यमन्त्रीको रूपमा नरेन्द्र मोदीले भाइब्रण्ट गुजरात शिखर सम्मेलन शुरु गरेका थिए । यो शिखर सम्मेलनले देश तथा विदेशका लगानीकर्तालाई आकर्षित गरेको थियो ।

भाजपाले गुजरातलाई आफ्नो व्यापारिक मोडेल राज्यको रूपमा अघि बढायो । गुजरात चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष हेमन्त शाह भन्छन्, ‘विदेशी नेताहरूको आगमनबाट उद्योगलाई धेरै फाइदा भएको छ, यही कारणले आज गुजरातले विश्वको नक्सामा महत्वपूर्ण स्थान ओगटेको छ ।’

 

विश्व नेताको गुजरात भ्रमणबाट राज्यले प्राप्त गर्ने फाइदाको उल्लेख गर्दै हेमन्त शाह भन्छन्, ‘जब कुनै विदेशी पाहुना आउँछन्, उसले हाम्रो राज्यलाई बुझ्ने मौका पाउँछ, यसको फाइदा दीर्घ कालीन हुन्छ, त्यसैको आधारमा उनीहरू लगानीको योजना बनाउँछन्, अहिले भारतका प्रधानमन्त्री गुजरातका हुन्, यसबाट गुजरातलाई फाइदा हुनु राम्रै कुरा हो ।’

जवाहरलाल नेहरू विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक तथा लेखक घनश्याम शाह यो तर्कसँग असहमति जनाउँछन् । ‘मोदी गुजरातको मुख्यमन्त्री वा भारतको प्रधानमन्त्री नहुँदा पनि गुजरातमा विदेशी लगानी आएको थियो, कपडा मिलका कारण अहमदाबादको पहिचान विश्वभर फैलिएको थियो, गुजरातको व्यापारिक छवि भाजपा सरकार आउनुअघि कै हो,’ घनश्याम शाहले भने ।

 

राजनीतिक लाभ लिन कोशिश ?

डोनाल्ड ट्रम्प, नेतान्याहु र सिञ्जो आबे गुजरात आउँदा रोड शो आयोजना गरिएको थियो, जसको आलोचना पनि भएको थियो । तर, यस्ता आयोजनाबाट राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको केही विश्लेषकको भनाइ छ ।

 

वरिष्ठ राजनीतिक विश्लेषक विनोद शर्मा भन्छन्, ‘संघीय राजनीतिमा हरेक प्रदेशको समान महत्व हुन्छ र एउटा प्रदेशले महत्व पाएमा त्यसले राम्रोा सन्देश दिँदैन, जब नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भए, उनले टिम इण्डियाको कुरा गरे । जब टिमको कुरा आउँछ, सबै खेलाडीले खेल्ने समान अवसर पाउनु पर्छ । केन्द्र सरकारले कुन राज्यमा विदेशी लगानी आकर्षित गर्न आवश्यक स्रोत छ भनेर हेर्नु पर्छ । त्यसपछि ती राज्यहरूमा विदेशी लगानी भित्र्याउने स्वस्थय प्रतिस्पर्धा शुरु गर्ने जिम्मेवारी केन्द्र सरकारको हो । बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउन स्वस्थ प्रतिस्पर्धा गर्न प्रत्येक राज्यले समान अवसर पाउनु पर्छ ।’

 

विदेशी प्रधानमन्त्री र राष्ट्रपतिले गुजरातमै विशेष लगानी गर्न जोड दिए मात्र कुरा अर्कै हुने विश्लेषकले बताएका छन् । वरिष्ठ गुजराती पत्रकार रमेश ओझा यस विषयमा टिप्पणी गर्दै भन्छन्, ‘मलाई लाग्दैन कि अरु कुनै प्रधानमन्त्रीले आफ्नो गृह राज्यलाई नरेन्द्र मोदीले जति महत्व दिए । यसमा दुई वटा कुरा छन्, एउटा उनको राज्यप्रतिको माया र अर्को कुरा, गुजरात पनि उनका लागि कम्फर्ट जोन पनि हो ।’

 

गुजरातको प्रबर्द्धन

नेताले अर्को देशको भ्रमण गर्दा धेरै त्यो देशको राजधानीमा मात्रै जान्छन्, केही विशेष अवस्थामा अन्य सहरमा पनि जान्छन् । तर, प्रधानमन्त्री मोदीको पालामा विदेशी राष्ट्र प्रमुखको गुजरात भ्रमण नियमित रूपमा भइरहेको छ ।

 

‘भारतका प्रधानमन्त्री र भारतका गुजराती प्रधानमन्त्रीबीचको भिन्नता नरेन्द्र मोदीमा प्रष्ट देखिन्छ,’ गुजरात काउन्सिल अफ द एसोसिएटेड चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिका पूर्व अध्यक्ष भाग्येश सोनेजी बताउँछन् ।

 

‘वास्तवमा मोदी गुजरातलाई भारतका अरु राज्यभन्दा अगाडि गएको हेर्न चाहन्छन् । सन् २००९ को लोकसभा चुनावमा वरिष्ठ नेता लालकृष्ण आडवाणी भाजपाका प्रधानमन्त्रीका उम्मेद्वार थिए, र मोदीले उनीहरूको प्रचारप्रसार गरिरहेका थिए ।

 

त्यस समय मोदीले आडवाणीलाई गुजरातको प्रतिनिधि भनेको प्रचार गरिरहेका थिए । हुन पनि आडवाणी गुजरातको गान्धीनगर सीटबाट चुनाव जित्थे,’ घनश्याम शाह भन्छन् ।

 

शाहका अनुसार नरेन्द्र मोदीले गुजरातलाई प्रवद्र्धन गर्ने हरेक अवसरलाई उपयोग गरिरहेका हुन्छन् । उनी गुजरातलाई राष्ट्रिय स्तरमा नमुनाका रूपमा स्थापित गर्न चाहन्छन् । बीबीसी हिन्दीबाट

 

  • आगमन
  • कार्यक्रम
शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.