Advertisement
काठमाडौँ । पेरुमा नाबालिगलाई बलात्कार गरे यौन हर्मोन उत्पादन नहुने (केमिकल कास्ट्रेसन) औषधि प्रयोग गर्ने विधेयक पेस हुने भएको छ ।
तीन वर्षीया बालिकाको बलात्कारसँगै देशभर आक्रोश बढिरहँदा सरकारले कडा कानुन ल्याउने भएको हो । न्यायमन्त्री फेरलिक्स चेरोले भने, ‘यो कानून बलात्कार गर्नेका लागि थप सजाय हुनेछ ।’
नाबालिगलाई बलात्कार गर्नेले जेल सजायसँगै नपुंशक बनाइने उनले दाबी गरे । तीन वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ परेसँगै सरकारले बलात्कारीविरुद्ध कठोर कानूनको तयारी गरेको हो ।
‘हामीलाई आशा छ कि संसदले यो विधेयक अनुमोदन गर्ने छ,’ राष्ट्रपति पेड्रो कास्टिलोले भने ।