• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

चीनमा दुई वर्षपछि कोरोनाबाट तीन जनाको मृत्यु, गुम्दै रोजगारी


मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

 

Advertisement

काठमाडौँ । चिनियाँ सहर सांघाईमा लकडाउन लागू भएपछि पहिलोपटक कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । सांघाईको स्वास्थ्य आयोगले सोमबार सो जानकारी दिएको हो । मृतकको उमेर ८९ देखि ९१ वर्षको बीचमा रहेको र तिनले खोप नपाएको बताएको छ ।

 

चीनले सांघाईमा कोरोनाबाट कसैको ज्यान नगएको दाबी गरिरहेको थियो । तर, उसको दाबीमाथि प्रश्न उठेको छ । चीन सरकारले सोमबार पुष्टि गरेको तीन जनाको मृत्यु मार्च २०२० पछि पूरै देशमा सरकारले कोरोनाबाट कसैको मृत्यु भएको स्वीकारेको पहिलोपटक हो ।

रेकर्ड स्तरको बेरोजगारी

चीनको अर्थतन्त्रसम्बन्धि नयाँ तथ्याङ्कले लकडाउनका कारण जनताको खर्चमा कमी आएको र महामारीको प्रारम्भिक चरणदेखि नै बेरोजगारी बढेको देखाएको छ । मार्च महिनादेखि चीनमा कोरोना संक्रमण निकै बढेको छ ।

 

कोरोना संक्रमणको विस्तार रोक्न चीनले धेरै सहरमा लकडाउन गरेको छ । चीनको वित्तीय, उत्पादन र ढुवानी हब मानिने सांघाईमा समेत कडा लकडाउन लागु गरिएको छ । चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सले जारी गरेको तथ्यांकअनुसार मार्चमा खुद्रा बिक्री दर ३.५ प्रतिशतले घटेको छ । सन् २०२० को जुलाईपछि पहिलोपटक यसमा गिरावट आएको हो ।

 

सोही अवधिमा बेरोजगारी दर बढेर ५.८ प्रतिशत पुगेको छ । यो सन् २०२० को मेयताकै उच्च हो । यी तथ्याङ्कहरूले आगामी महिनामा चिनियाँ अर्थतन्त्रमा तीव्र गिरावट आउन सक्ने सङ्केत गर्ने विज्ञहरुको भनाइ छ ।

 

चीनमा लागू गरिएको कठोर लकडाउनका अतिरिक्त युक्रेनमा जारी युद्धले पनि उसको अर्थतन्त्रलाई प्रभावित बनाउने छ ।

उत्साहप्रद तथ्यांक, भविष्यप्रति निराशा

 

अर्कोतर्फ पहिलो त्रैमासिकमा चीनले उसको कूल ग्राहस्था उत्पादनमा अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतको वृद्धि हासिल गरेको छ । जुन विभिन्न विश्लेषकको भविष्यवाणीभन्दा बढी हो । तर, यो चीनले तोकेको लक्ष्यभन्दा कम हो । चीनले यो वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो ।

 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि तीन साताअघिबाट सांघाईमा कडा लकडाउन गरिएको छ । लकडाउनप्रति स्थानीय बासिन्दा चर्को आक्रोश छ । त्यहाँ लाखौं मानिस घरमै थुनिएका छन् । र, पोजेटिभ देखिएकालाई जबरजस्ती क्वारेन्टाइनमा पठाइँदै छ ।

 

लकडाउनका कारण खाद्य वस्तु उपलब्ध नभएको जनगुनासो छ । जनताले खाना र पानी अर्डर गर्नु पर्ने र तरकारी, मासु र अण्डाका लागि सरकारी आपूर्तिमा भर पर्नुपर्ने अवस्था छ । तीमध्ये अधिकांश स्थानमा सामानको अभाव पनि रहेको विश्लेषकहरू बताउँछन् ।

 

सांघाईमा अहिले दैनिक २० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिइरहेका छन् । प्रदर्शनी हल र स्कुललाई क्वारेन्टाइन केन्द्रमा रूपान्तरण गरेका छन् । र, तीव्र रुपमा अस्थायी अस्पताल निर्माण भइरहेका छन् । तीन हप्तादेखि लकडाउन भएको सांघाईमा ठूलो मात्रामा परीक्षण फेरि सुरु हुँदै छ । लगातार चौथो साता लकडाउन हुने सम्भावना अधिक छ ।

 

चीनमा कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा अन्य देशको तुलनामा न्यून देखिन्छ । तर, चीनले कोभिड–१९ को शून्य नीति अवलम्बन गरेकाले महामारी रोक्न गरिएका लकडाउन र प्रतिबन्धहरूले आर्थिक क्षेत्रमा चुनौती देखिएको हो ।
बीबीसी

  • कोरोना
  • कोरोना भाइरस
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.