• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना


    Avatar photo
शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित

कञ्चनपुर- भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

Advertisement

राष्ट्रिय प्रकृति संरक्षण कोषसंग सहकार्य गरी हात्ती प्रभावित क्षेत्रमा सचेतनमुलक पोष्टर, पम्पलेट वितरण गर्ने कार्य भैरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बताए । ‘सामुदायिक वन संगको समन्वयमा छलफल, बैठकका माध्यबाट हात्तीबाट जोगिने उपाय बारे जानकारी दिने कार्यमा जुटेका छौं’ उनले भने, ‘मावन–हात्ती सह अस्तीत्वको भावना जगाउनका लागि कार्य अगाडी बढाएका छौं ।’

हात्ती बस्तीमा छिरेमा डेढ सय मिटरको दुरी कायम गरी भगाउने,अन्नपात राखेको ठाउ, भान्सामा नसुत्ने, हात्तीको अगाडीबाट भाग्न नखोज्ने, हात्तीका छावालाई नचलाउने, टर्चबालेर नभाग्ने, उत्तेजित नवनाउने, मदिरा सेवन गरी भगाउन नजाने, मात चढेको हात्ती संग सजग रहने लगायतका कुरा कार्यक्रमका माध्यबाट सर्वसाधरणलाई सचेत पार्ने कार्य भैरहेको उनको भनाई रहेको छ । ‘अचानक हात्ती संग जम्काभेटभएमा नआत्तिकन विस्तारै पछाडी हटनु पर्छ,’ उनले भने, ‘लखेटन आयो भने आफु संग भएको सामान फँयाकेर बांगो टिंगो दौडिने गर्नु पर्छ, छोटो दुरी सम्म मात्रै लखेटने भएकाले लखेटदै पछि सम्म आइरहन्न ।’

हात्तीले लखेटन आए ढुङग्यान बगर तिर भाग्ने,छडके पारेर ओरालो तर्फ भाग्ने,दलदल हिलो भए तर्फ भाग्ने, ठुलो रुख ढलको भए त्यसको मूनि भएर भाग्ने, पुलपुलेसा तरेर भाग्ने गरे बच्न सकिने उहाँको भनाई रहेको छ ।
‘जङगल तर्फ जादा हात्तीको ताजा पाईला वा दिशा भेटियो भने सर्तक रहनु पर्छ’ उनी भन्छन्, ‘हात्ती हिडको दिशा तर्फ जानु हुदैन, रुख भाँचेको, सुड बजारेको वा हात्तीले घुरेको पनि सुन्न सकिन्छ, हात्तीको आवाज सुनिए सतर्क हुनु पर्छ ।’
हात्ती निकै बुद्धिमान प्रणाीका रुपमा रहेको उल्लेख गर्दै उनले हात्तीलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले सतर्कता अपनाए मानविय क्षतिलाई कम गर्न सकिने बताए ।
हात्तीको बथानले गत असोज महिनामा मात्रै कञ्चनपुरका दुई जनाको ज्यान लिइ सकेको छ । असोज १३ गते उखुबारीमा हात्ती भगाउन कुरुवा बसेका लालझाडी गाउँपालिका ४ का ५९ वर्षीय रामदल रानालाई र घर तर्फ जादै गरेका आक्रमण गरी ज्यान लिएको थियो भने बेलौरी नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरीको घर तर्फ मोटरसाईकलमा जादै गरेका बेला असोज २२ गते हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । पाँच वर्षका अबधिमा कञ्चनपुरमा १२ जनाले ज्यान गुमाई सकेका छन । लालझाडी गाउँपालिकामा ४ मा हात्तीले आधा दर्जन बढी स्थानिय बासिन्दाका बाख्रा समेत मारेर तिहारको मुखमै क्षति पुरयाएको छ । दिउसै हात्ती नजिकैको वन क्षेत्र हुदै स्थानिय किसानको उखुवारीमा पसेर नोक्सानी पुर्याउदै आएको छ ।

भारतको दुधुवा नेशनल पार्क हँुदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुदै हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रमा बस्ने गरेको छ । वर्षात् हटेपछि चुरे नजिकका बस्ती संगै तल्लो समथर क्षेत्रमा पुगेर किसानले लगाएको अन्नबालीमा क्षति पुर्याउने गर्दछ ।

अहिले हात्तीको बथान दुधुवा नेशल पार्क नजिकैका बेलौरी, लालझाडी क्षेत्रका किसानको खेतवारीमा पसेर धान, उखु लगायतको बालीमा क्षति पुरयाउन थालेको छ । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी हात्ती नियन्त्रण गर्नका लागि मेसवायर जडान गर्नु पर्ने बताउँछन् । ‘हात्ती प्रभावित क्षेत्रमा मेसवायर जडान गर्न सके वर्षेनी हुदै आएको मानविय, भौतिक क्षतिमा कमी ल्याउन सकिन्छ,’ उनले भने, ‘यसका लागि तीन तहकै सरकारले समन्वय गरी योजना बनाई बजेट परिचालन गर्नु पर्छ ।’ हात्तीले नोक्सानी नपु¥याउने खालका बालीको खेती गर्न किसानलाई प्रोत्साहित गर्नु पर्ने उनले बताए ।

 

शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

भर्खरै

  • १.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • २.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ३.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ४.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ५.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ६.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ७.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ८.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.