• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

स्तरोन्नति गरिँदै पर्वतका ग्रामीण सडक


    Avatar photo
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित

काठमाडौं- जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ८४ करोड विनियोजन गरेर काम सञ्चालन भएको हो ।

Advertisement

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि रु ८३ करोड ७९ लाख ८० हजार विनियोजन गरेको हो ।

मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित एक सय २३ वटा योजना सञ्चालन हुने बताए । केही सङ्घीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन् ।

कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा योजना छन् । तीमध्ये ५० वटा योजनाको लगत अनुमान तयार भइसकेको र असोजभित्र ठेक्का प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख अर्यालले बताए ।

गत आवमा ठेक्का प्रक्रियामा गएका पैँयुको छत्तिसेघाट मोटरेबल पुल, कुश्मा–१० र फलेवास–३ जोड्ने मल्याङ्दी खोला पुल, जलजलाको मिलनचोक–सल्यान–घाहाखेत धारापानी–ठोटनेरी सडकका लागि पनि स्रोत सुनिश्चित भई नियमित काम हुने भएको छ । यसैगरी कुश्मा–२ को हिमालय मावि–पाङ– नुहार–खनियाघाट सडक, खुर्काेट–पाङ–नालिवाङ–धाइरिङ–मल्लाज बेनी सडक, मोदी गाउँपालिकाको रतिखोलाबाट दराक–चित्रे–गगटे–राम्जा सडकको पनि स्रोत सुनिश्चित भएको छ ।

फलेवास नगरपालिकाको खुमबाट भँगरा–बेतेनी–सल्यानधारा–घन्तरी–लुङ्खु सडकको स्तरोन्नति, पैँयु र महाशिलाको बेउलीबास–पूर्णगाउँ–पैँयुकोट–लुड्खु सडकका लागि रु तीन करोड १० लाखको लागतमा स्तरोन्नति सुरु भएको छ । उक्त योजनाको गत साता गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गरेका थिए ।

यसैगरी जलजलाको मिलनचोक–रातमाटा–भोटेडाँडा–शालिजा सडक स्तरोन्नति, जलजलाकै किराखोर–घाखेत–धारापानी–कलैचे सडक, फलेवास नगरपालिकाअन्तर्गतको हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमुनीघाट सडकका लागि पनि रु आठ करोडको योजना क्रमागत रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । कुश्मा नगरपालिकाअन्तर्गत दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा र धरादी–काउँडाँडा–सौर्यकोट–हातेमालोचोक सडकका लागि पनि स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अर्यालले बताए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले चालु आवमा सालवसाली र बहुुवर्षे ठेक्का लगाउने योजनाको पहिचान गरी सर्वेक्षणको काम भइरहेको जानकारी दिए । उनले प्राविधिक कर्मचारीको अभाव, बहुवर्षीय योजनामा पर्याप्त बजेटको कमीलगायत समस्या रहेको जानकारी दिए । आव २०८०÷८१ मा जिल्लामा २३ किलोमिटर सडक कालोपत्र गरिएको छभने १७ किलोमिटर लामो पानी निकासको नाली, चार किलोमिटर सडक ग्राभेल र १३ किलोमिटर कच्ची सडक विस्तार गरिएको थियो ।

शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

भर्खरै

  • १.
    फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

  • २.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • ४.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ७.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.