• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

पाकिस्तानमा सर्वोच्च अदालतद्वारा संसद् पुनःस्थापना


    Avatar photo
शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित

पाकिस्तानको सर्वोच्च अदालतले विघटित संसद्लाई पुनःस्थापना गर्ने आदेश दिएको छ।

Advertisement

बिहीबार राति सर्वोच्च अदालतका प्रधानन्यायाधीश उमर अता बंदियाल नेतृत्वको संयुक्त इजलासले संसद् पुनःस्थापना गर्ने आदेश दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री इमरान खानले संसद् भंग गर्न गरेको सिफारिश र राष्ट्रपति अरिफ अल्भीको संसद् भंग गर्ने निर्णय असंवैधानिक भएको अदालतले ठहर गरेको छ।

चार दिनअघि प्रधानमन्त्री खानले संसद् भंग गर्न राष्ट्रपतिलाई सिफारिश गरेका थिए। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति अल्भीले संसद् भंग गरेका थिए।

यससँगै अदालतले प्रधानमन्त्री खान विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा शनिबार मतदान गर्न पनि आदेश दिएको छ। प्रधानमन्त्री खान विरूद्ध विपक्षी दलले संसद्मा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

तर, संसद्का उपसभामुख कोसिम सुरीले आइतबार अविश्वास प्रस्ताव खारेजका गरेका थिए। आइतबार नै अविश्वास प्रस्तावमाथि छलफल हुने तय गरिएको थियो। उनी प्रधानमन्त्री खानकै पार्टीका हुन्।

प्रधानमन्त्री खानसँगको मिलेमतोमा उपसभामुख सुरीले असंवैधानिक कदम चालेको जिकिर गर्दै विपक्षीले अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि पाँच जना न्यायाधीशको इजलासमा सुनुवाइ भएको थियो।

चार दिन लगातार चलेको सुनुवाइपछि बिहीबार राति अदालतले संसद् पुनःस्थापना गरेको हो। यससँगै संसद्मा दर्ता भएको प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्तावमाथि शनिबार बिहान १०ः३० बजे संसद्मा मतदान गर्न पनि अदालतले आदेश दिएको छ। प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव टुंगो नलागेसम्म संसद् स्थगित नगर्न पनि अदातलको आदेशमा भनिएको छ।

पाकिस्तानको संसद् ३४२ सदस्यीय छ। सरकार गठनका लागि १७२ सांसद आवश्यक पर्छ।

चार वर्षअघि भएको निर्वाचनमा प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरिक-ई-इन्साफ (पीटीआई)ले १३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दलले समर्थन फिर्ता लिएका छन्।

अहिले उनको पक्षमा चार वटा साना सहितको गरी १३३ सांसद छन्। पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) गरी नौ वटा पार्टी विपक्षमा छन्। उनीहरूसँग १९९ सांसद छन्।

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.